थप अर्को पार्टीसँग पनि नेकपाले गर्यो एकता, ११ बुँदे सहमति
बिहीबार, ११ मङ्सिर २०८२, १५ : ०३
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ‘नेपाली कम्युनिष्ट पार्टी’ (नेकपा) ले एउटा पार्टीसँग एकता गरेको छ ।
आज एक कार्यक्रमकाबिच नेकपा र डा. विष्णुप्रसाद खनाल नेतृत्वको ‘जनजागरण पार्टी नेपाल’ बिच पार्टी एकीकरण भएको हो ।
पार्टी एकीकरणका लागि नेकपाका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र जनजागरण पार्टीका अध्यक्ष डा. खनालले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार जनजागरण पार्टीले आफ्नो नाम, झण्डा र चुनाव चिन्ह खारेज गरी नेकपाको विधान र राजनीतिक कार्यदिशा स्वीकार गर्ने भएको छ ।
जसपाका राजेन्द्र श्रेष्ठ समूह पनि आजै नेकपामा प्रवेश गरेको थियो । यसअघि नै नेकपा एक दर्जन हाराहारीका ठुला– साना पार्टीहरू मिलेर बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण