यातायात व्यवस्था विभागले सार्वजनिक गर्यो छापिएका एक हजार ५६ वटा सवारी लाइसेन्स
काठमाडौँ । जेनजी आन्दोलन पछि यातायात व्यवस्था विभागले छपाई भएका सवारी लाइसेन्स पहिलो पटक सार्वजनिक गरेको छ । बिहीबार सुरक्षण मुद्रण केन्द्रले छापेका १ हजार ५६ थान सवारी लाइसेन्स विभागले सार्वजनिक गरेको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा विभागको अनलाइन प्रणालीमा आएको प्राविधिक समस्याका कारण पुरानो स्वचालित सूचना प्रणाली अवरुद्ध भएको थियो ।
यससँगै विभागले सवारी लाइसेन्स छपाइको जानकारी आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्ने जनाएको थियो ।
लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेर एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनी पठाइने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएकाले फेसबुकमा सार्वजनिक गरेको छ ।
साथै विभागको फेसबुक पेजमा नाम प्रकाशित भएका आवेदकहरूलाई सक्कल राजस्व तिरेको रसिद लिएर अनुमति पत्र लिनका लागि विभागमा उपस्थित हुन अनुरोध गरेको छ।
त्यसैगरी लाइसेन्स नवीकरण गर्ने वा नयाँ वर्ग थप गर्ने आवेदकको हकमा पुरानो सवारी चालक अनुमति पत्र पनि अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण