गिनी–बिसाउको सङ्क्रमणकालीन राष्ट्रपतिको रूपमा वरिष्ठ सैन्य अधिकारीद्वारा शपथ ग्रहण
शुक्रबार, १२ मङ्सिर २०८२, १० : २०
सारांश
- सशस्त्र सेनाले सत्ता नियन्त्रणमा लिएपछि होर्टा इन्टा-ए ले गिनी-बिसाउको राष्ट्रपति पदको सपथ लिए।
- इन्टा-ए ले सेनाले राज्यको विघटन रोक्न शक्ति ग्रहण गरेको बताए।
- उनले भ्रष्टाचार र लागुऔषध तस्करविरुद्ध लड्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । सशस्त्र सेनाले राज्य शक्ति पूर्णरूपमा नियन्त्रणमा लिएको घोषणा गरेको एक दिनपछि वरिष्ठ सैन्य अधिकारी होर्टा इन्टा–ए ले बिहीबार एक वर्षको कार्यकालको लागि गिनी–बिसाउको सङ्क्रमणकालीन राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।
राष्ट्रिय रेडियोमा प्रत्यक्ष प्रसारित उद्घाटन समारोहमा बोल्दै इन्टा–एले सेनाले राज्यको विघटन रोक्न शक्ति ग्रहण गरेको बताए ।
भ्रष्टाचार र लागूपदार्थको तस्करीसँग लड्ने प्रतिबद्धता उनले जनाए । भ्रष्टाचार राष्ट्रिय स्थिरतालाई गम्भीर रूपमा असर गर्ने लामो समयदेखिका चुनौती भएको पनि उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण