प्रधानमन्त्रीलाई भावना राउतको पत्र : ओली सरकार र नागरिक सरकारबिच खासै फरक देख्दिनँ
सारांश
- जेनजी अगुवा भावना राउतले वर्तमान सरकारले जेनजीहरुका आवाज नसुनेको आरोप लगाएकी छिन्।
- उनले जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही नगरेकोमा असन्तुष्टि जनाउँदै सहिदको बलिदानको अपमान भएको बताइन्।
- राउतले ओली सरकार र वर्तमान सरकारमा खासै भिन्नता नदेखेको र प्रवृत्ति परिवर्तन हुनुपर्ने धारणा राखिन्।
काठमाडौँ । जेनजी अगुवा भावना राउतले वर्तमान सरकारले जनेजीहरुका आवाज नसुनेको भन्दै ओली सरकार अहिलेको नागरिक सरकारमा खासै भिन्नता नभएको बताएकी छन् ।
शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहितको तस्बिर सामाजिक सञ्जालमा राख्दै लामो स्टाटस लेखेर राउतले यस्तो बताएकी हुन् ।
उनले जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही नगरेकोमा पनि असन्तुष्टि जनाएकी छन् । ‘सडकमा सहिदका रगत अझै आलै छन्, आमाका आँखा अझै न्यायकै प्रतीक्षामा छन्’, राउतले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘तर उनीहरू जेका लागि लडे त्यही मर्म यो सरकारले बिस्तारै व्यर्थ बनाइरहेको छ । हाम्रो प्रश्न कुनै व्यक्तिमाथि होइन, प्रवृत्तिमाथि हो ।’
साथै उनले संसारले गलत भनेका मान्छेलाई राज्यले तामा–तुलसी चढाएर चोख्याउँदै लैजानु गलत रहेको र सहिदका बलिदानमाथिको अपमान भनेकी छन् ।
‘यदि “म नै म” भन्ने प्रवृत्ति चलिरहने हो र बाहिर उठेका आवाज सुन्ने इमानदारिता नहुने हो भने, ओली सरकार र नागरिक सरकारबिच मैले खासै फरक देख्दिन’, राउतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण