पलेँटीमा फत्तेमानको सम्झना गरिने
सारांश
- पलेँटीमा गायक फत्तेमानको सम्झनामा कार्यक्रम आयोजना हुने भएको छ, नोभेम्बर २८ मा उनको जन्म दिन पनि परेको छ।
- सङ्गीतकार आभासले फत्तेमानसँगको संगत र सम्झनाबारे निबन्ध वाचन गर्नेछन्, र उनका गीतहरू प्रस्तुत गरिनेछन्।
- नेपालयले २००२ देखि फत्तेमानसँग संगत सुरु गरेको थियो, र पलेँटीमा उनले तीनपटक एकल गायन प्रस्तुत गरेका थिए।
काठमाडौँ । हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमानको सम्झना गरिने भएको छ । संजोगले आजको शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि परेको छ ।
पलेँटीमा गायक फत्तेमानसँग लामो सङ्गत गरेका सङ्गीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध–वाचन गर्नेछन् । ‘फत्तेमान दाइसँग हामीले लामो सङ्गत गर्यौ । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् । तिनलाई बेलाबखत कोट्टाइ राख्नुपर्छ’, सङ्गीतकार आभारले भने ‘झन् यसपालि त उहाँको जन्म मितिकै दिन पलेँटी पर्न गयो । त्यसैले गीतहरू मार्फत नै उहाँको सम्झना गरौँ भन्ने भयो ।’
पलेँटीसँग आफ्नो संगतबारे फत्तेमानले व्यक्त गरेको अभिलेख भेटिन्छ । उनले भनेका थिए – ’नेपालयले वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा मलाई पहिलोपालि स्टेजमा उतार्यो, त्यसबाट मलाई माया गर्ने धेरै श्रोता पाएँ मैले । ... फेरि पनि मौका पाउँ, माया पाउँ । स्वास्थ्यले साथ दिउन्जेल गाउनेछु ।’
पलेँटी आयोजना गर्दै आएको संस्था नेपालयले गायक फत्तेमानसँग सन् २००२ देखि सङ्गत सुरु गरेको हो । सन् २००२ को अगस्ट १० तारिख नेपालयले ’गायक फत्तेमान साँझ’को आयोजना गरेको थियो । हालको संसद् भवनमा सम्पन्न भएको सो कार्यक्रम फत्तेमानको जीवनकै पहिलो एकल साँझ थियो । सङ्गीतकार आभासले नै सो कार्यक्रमको सङ्गीत संयोजन गरेका थिए ।
पलेँटी सन् २००५ देखि सञ्चालन हुँदै आएको लघु–साङ्गीतिक कार्यक्रम हो । पलेँटी अन्तर्गत पनि गायक फत्तेमानले फरकफरक समयमा तीनपल्टसम्म एकल गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा फत्तेमानले गाएका एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण