मध्य चमेलिया जलविद्युत अगाडि बढ्दै, दार्चुला पावरको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
सारांश
- दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणहरू पारित गर्यो।
- कम्पनीले २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको लागत ५६६ करोड रुपैयाँ अनुमान गरिएको छ।
- साधारणसभाले आईपीओ जारी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र पूँजी वृद्धि गर्ने प्रस्तावहरू अनुमोदन गर्यो।
काठमाडौँ । दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णयसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
कम्पनी अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो र हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब ५६६ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ।
साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मतिले पारित भएको छ। प्रतिवेदनमा आयोजनाको भौतिक प्रगति, आर्थिक व्यवस्थापन, सञ्चालनगत चुनौती तथा आगामी वर्षका रणनीतिक लक्ष्यहरू समेटिएका थिए।
यसैगरी, उक्त आर्थिक वर्षका वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायत सबै वित्तीय विवरणहरू पनि सभाले स्वीकृत गरेको छ। कम्पनीले वित्तीय शिस्त, लागत नियन्त्रण र आयोजना–केन्द्रित खर्च व्यवस्थापनमा देखाएको पारदर्शिताको सभामा प्रशंसा गरिएको थियो।
कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। दार्चुला पावर लिमिटेडले आफ्ना साधारण सेयरहरूको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।
यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरी आइपिओ निष्काशन प्रक्रियालाई अगाडि बढाइसकेको प्रबन्ध निर्देशक शास्वत चालिसेले सभामा जानकारी दिए।
आइपिओ अघि कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने र त्यहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि सभाले अनुमोदन गरेको छ।
सभामा बोल्दै कम्पनीका संचालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत आयोजनाले हालसम्म उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै कम्पनीले अवलम्बन गरेको रणनीति र व्यवस्थापन क्षमता निकै प्रभावकारी भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण