विराटनगरमा एमाले प्रतिनिधि छनोटका क्रममा तनाव
सारांश
- विराटनगरमा एमालेको अधिवेशन प्रतिनिधि छनोटका क्रममा कार्यकर्ताबीच झडप भएको छ।
- फर्जी मतदानको प्रयासको विवादमा नेता परशुराम बस्नेतले प्रतिवाद गरेपछि झडप भएको हो।
- अशक्त र वृद्धवृद्धाको नाममा मतदान गर्न खोज्दा पार्टीभित्र गुटबन्दी र असन्तुष्टि सतहमा आएको देखिन्छ।
विराटनगर । नेकपा एमालेको ११ औँ अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा विराटनगरमा तनावको स्थिति सिर्जना भएको छ। विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा जारी मतदानका क्रममा कार्यकर्ताहरू बिच झडप र हात हालाहाल भएको हो।
विवादको मुख्य कारण फर्जी मतदानको प्रयास रहेको बताइएको छ। एमाले नेता परशुराम बस्नेतले मतदान स्थलमा एकै व्यक्तिले पटक–पटक अशक्त र अपाङ्गता भएका व्यक्तिहरूको नाममा वारिस बनेर भोट हाल्न खोजेको भन्दै कडा प्रतिवाद गरेका थिए।
सार्वजनिक भएको भिडियो फुटेजमा नेता बस्नेत निकै आक्रोशित देखिएका छन् । उनले भिडमा ‘तपाईं अभिभावक होइन ? यसरी भोट हाल्न पाइन्छ ?’ भन्दै प्रश्न गरेको र अर्को पक्षलाई झम्टिन खोजेको देख्न सकिन्छ। उनलाई रोक्न अन्य कार्यकर्ता र सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको थियो।
भिडियोको पृष्ठभूमिमा एक महिलाले ‘आफू–आफू लडाइँ गरेर मर्ने भए भन्दै चिन्ता व्यक्त गरेको सुनिन्छ भने कार्यकर्ताहरूबिच ठेलमठेल चलिरहेको देखिन्छ। यो घटनाले एमालेको आन्तरिक प्रतिस्पर्धामा देखिएको तीव्र गुटबन्दी र असन्तुष्टिलाई सतहमा ल्याएको छ।
अशक्त र वृद्धवृद्धाको नाममा अनधिकृत व्यक्तिले मतदान गर्न खोजेको विषयले उग्र रूप लिएपछि केहीबेर मतदान प्रक्रिया नै प्रभावित बन्न पुगेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण