काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्सविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार जनकपुले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले विनोद भण्डारीलाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।
भण्डारीलाई जनकपुरका माज शदागदले ४२ रनमा क्याच आउट गराएका हुन् । गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्स सुदूरपश्चि रोयल्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा जनकपुले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले क्रिस लिनको रुपमा दोस्रो विकेट गुमाएको हो । लिनलाई जनकपुरका सन्जय कृष्णमूर्तीले १ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले जोस ब्राउनको रुपमा पहिलो विकेट गुमाएको हो । जोस ब्राउनलाई माज शदागदले बोल्ड आउट गरेका हुन् ।
काठमाडौँ । सञ्जय कृष्णमूर्तीको अर्धशतकको सहयोगले जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनायो । जनकपुरका लागि सञ्जयले ५० रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै ३३ बल खेलेका जान निकोल स्टोनले २ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए । सुदूरपश्चिमका लागि आदित्य मेहताले १५ रन बनाए ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चि रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध छैटौं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सुवास कंशकारको रुपमा छैटौं विकेट गुमाएको हो । सुवासलाई सुदूरपश्चिमका अविनाश बोहराले १७ ओभरको तेस्रो बलमा क्याच आउट गरेका हुन् ।
यसअघि १७ औँ ओभरको दोस्रो बलमा अविनाशले सन्जय कृष्णमूर्तीलाई बोल्ड आउट गराएका थिए ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चि रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पाँचौं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सन्जय कृष्णमुर्तीको रुपमा चौथो विकेट गुमाएको हो । सन्जयलाई सुदूरपश्चिमका अविनाश बोहराले ५० रनमा बोल्ड आउट गराएका हुन् ।
काठमाडौँ । जनपकुर बोल्ट्सका सन्जय कृष्णमूर्तीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरका उलने ३७ बलमा अर्धशतक पूरा गरेका हुन् । सन्जयले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन पूरा गरे ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले जान निकलो स्टोनको रुपमा चौथो विकेट गुमाएको हो । स्टोनलाई सुदूरपश्चिमका अविनाश बोहराले ३९ रनमा बोल्ड आउट गराएका हुन् ।
काठमाडौँ । जनपकुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सविरुद्ध १० ओभरमा ५५ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १० ओभरमा तीन विकेट गुमाउँदै ५५ रन बनाएको हो । जनकपुरका लागि अहिले क्रिजमा जान निकोल इस्टोन र सञ्जय कृष्णमुर्ती रहेका छन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्सविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले माज शदागदलाई तेस्रो विकेटकाे रूपमा गुमाएको हो ।
शदागदलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रले १२ रनमा बोल्ड आउट गराएका हुन् । गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले मयान यादवलाई दोस्रो विकेटको रूपमा गुमाएको हो ।
मयानलाई सुदूरपश्चिमका स्कट कुग्गलेइनले ६ रनमा एलबीडब्लू आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले आसिफ शेखलाई पहिलो विकेटको रूपमा गुमाएको हो ।
आसिफलाई सुदूरपश्चिमका स्कट कुग्गलेइनले बोल्ड आउट गरेका हुन् । गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार जनकपुरका कप्तान वायर्न पर्नेलले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएका हुन् ।
आजको खेलमा जनकपुरको कप्तानी पर्नेलले गर्नेछन् । गत मंसिर १ गतेदेखि सुरु भएकाे प्रतियाेगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।