दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु
सारांश
- दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भयो।
- दुर्घटनामा २६ वर्षीय केदार केसीको मृत्यु भएको हो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शव अस्पतालमा राखिएको छ।
दाङ । दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।
शनिबार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको केसी सवार रा२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर खण्डअन्तगर्त घोराही उपमहानगरपालिका–१० नारायणपुरको पशुपति बोर्डिङ स्कुल नजिकै शुक्रबार ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने पिकअप भ्यानका चालकसहित सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार मृतको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण