श्रीलंकामा दित्वाह चक्रवातबाट १५३ को मृत्यु, आपतकाल घोषणा
शनिबार, १३ मङ्सिर २०८२, २२ : २६
सारांश
- श्रीलंकामा दित्वाह चक्रवातका कारण आएको बाढी र पहिरोमा परी १५३ जनाको मृत्यु भएको छ।
- १९१ जना बेपत्ता रहेको र राष्ट्रपति कार्यालयले देशभर आपतकाल घोषणा गरेको छ।
- भारतले राहत तथा उद्धारका लागि एनडीआएफ टोली र राहत सामग्री श्रीलंका पठाएको छ।
काठमाडौँ । श्रीलंकामा दित्वाह नामक चक्रवातका कारण आएको भीषण वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएको छ। हालसम्म १५३ जनाको मृत्यु भएको छ भने १९१ जना बेपत्ता छन्।
राष्ट्रपति कार्यालयका मीडिया विभागका महानिर्देशक प्रसन्ना परेराले पूरै देशभर आपतकाल घोषणा गरिएको पुष्टि गरेका छन्।
भारतले राहत तथा उद्धारका लागि एनडीआएफका ८० जनासहित दुई टोली श्रीलंकामा पठाएको छ। करिब २७ टन राहत सामग्री हवाईमार्फत कोलम्बो लगिएको र समुद्री मार्गबाट समेत थप सामग्री पठाइँदै आएको जनाइएको छ।
चक्रवात, बाढी र पहिरोका कारण प्रभावित भएकालाई उद्धार र राहत पुर्याउने काम तीव्र रूपमा जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण