सुदूरपश्चिम उपाधि जित्ने गरी अगाडि बढिरहेको छ : अविनाश बोहरा
सारांश
- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा स्थान पक्का गरेको छ।
- अविनाश बोहराले टोली उपाधि जित्ने गरी अगाडि बढिरहेको बताए, टीमको माहोल राम्रो छ।
- जनकपुर बोल्ट्सका ब्याटिङ प्रशिक्षकले ब्याटिङ नचल्दा हार व्यहोर्नुपरेको बताए।
काठमाडौँ । शानदार जितका साथ सुदूरपश्चिम रोयल्स काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को ‘प्लेअफ’मा पुगेको छ । अपराजित रहेको सुदूरपश्चिम लगातार पाँचौँ जित निकालेर ‘प्लेअफ’ पुग्ने पहिलो टोली बनेको छ ।
आज सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि छ विकेटको जित दर्ता गर्दै सुदूरपश्चिम दुई खेल बाँकी छँदै प्लेअफमा सुरक्षित भयो । सुदूरपश्चिमको जितमा महत्त्वपूर्ण चार विकेट हात पारेका अविनाश बोहराले च्याम्पियन बन्नेमा ढुक्क रहेको बताए ।
सञ्चारकर्मीसँगको कुराकानीमा उनी टोलीको माहोल निकै राम्रो रहेको बताउँदै आफ्नो टोली उपाधि जित्ने गरी अगाडि बढिरहेको बताए । बोहराले भने, “सुदूरपश्चिम उपाधि जित्न तयार छ । टोलीको माहोलदेखि लिएर सबै कुरा मिलेको छ ।”
उनले विदेशी खेलाडीभन्दा नेपाली खेलाडीको प्रदर्शन राम्रो हुनुपर्नेमा जोड दिँदै आफ्नो टोली विदेशी खेलाडीमा निर्भर नरहेको बताए । यसैबिच लगातार चौथो हार ब्यहोरेको जनकपुरको प्लेअफमा पुग्ने सम्भावना न्यून छ । उक्त टोलीलाई बाँकी रहेका तीन खेल जित्नुपर्ने वा अन्य टोलीको नतिजामा भर पर्नुपर्ने बाध्यता छ ।
जनकपुरका ब्याटिङ प्रशिक्षक अनिल मण्डलले ब्याटिङ नचल्दा हार ब्यहोर्नु परेको बताए । उनले भने, “हाम्रा खेलाडीले ब्याटिङमा राम्रो गर्न सकेका छैनन् । आज पनि १०/१५ रन बढी भएको भए नतिजा हाम्रो पक्षमा हुन्थ्यो ।”
यसका साथै उनले आफूहरू अझै प्रतियोगिताबाट ‘आउट’ नभएको बताउँदै बाँकी खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण