अमेरिकामा भारी हिमपातपछि हिउँदे आँधीको चेतावनी
सारांश
- अमेरिकामा भारी हिमपात र हिउँदे आँधीको चेतावनी जारी गरिएको छ, जसले यात्रामा समस्या ल्याउन सक्नेछ।
- आगामी हप्ता आउने आँधीका कारण अमेरिकाको उत्तर-पूर्वी भागमा चेतावनी जारी गरिएको छ, जसले उडानहरू प्रभावित पार्ने सम्भावना छ।
- शिकागोलगायतका सहरहरूमा हिमपातका कारण सडक अवरुद्ध भए, र इन्डियानामा ४५ वटा गाडी ठोक्किए, तर मानवीय क्षति भएन।
एजेन्सी । अमेरिकामा भारी हिमपातको बिचमा हिउँदे आँधीको चेतावनी जारी गरिएको छ । मिडवेस्ट र ग्रेट लेक क्षेत्रबाट उठ्ने यो आँधीले अमेरिका आउने यात्रुहरूका लागि समस्या खडा गर्न सक्ने जनाइएको छ ।
खासगरी थैंक्सगिभिङ डे (अमेरिकामा मनाइने एक पर्व) का कारण अमेरिकामा ठुलो संख्यामा पर्यटकहरूको भिड लाग्ने गर्छ, यस्तोमा आगामी हप्ता बरफयुक्त आँधीका कारण अमेरिकाको उत्तर–पूर्वी भागमा चेतावनी जारी गरिएको हो । यो आँधी सोमबार र मंगलबारको बिचमा आउन सक्ने पनि समाचारहरूमा उल्लेख छन् ।
यस अवधिमा धेरै उडानहरू पनि प्रभावित हुने पनि जनाइएको छ ।
अमेरिकाको मौसम सेवाद्वारा चेतावनी जारी
अमेरिकाको राष्ट्रिय मौसम सेवाले मोन्टानादेखि ओहायोसम्म आँधीको चेतावनी दिएको छ । उसका अनुसार यसले ट्राफिक सुस्त बनाउन सक्छ र धेरै विमान उडानमा ढिलाइ हुन सक्ने सम्भावना छ । यस अवधिमा धेरैजसो क्षेत्रमा प्रति घण्टा करिब २ दशमलव ५ सेन्टिमिटरसम्म हिउँ पर्ने अनुमान गरिएको छ ।
शिकागोलगायत धेरै सहरहरूमा उडान प्रभावित
यसअघि अमेरिकाको पूर्वी भागमा शनिबार बिहान २० सेन्टिमिटरसम्म हिमपात भएको थियो । यसबाट शिकागोलगायत इलिनोइस, विस्कन्सिन, इन्डियाना र मिशिगन जस्ता सहरहरू प्रभावित भएका थिए । शिकागो र सेन्ट लुइस विमानस्थलमा धेरै उडानहरू घन्टौंपछि मात्र उडेका थिए, जसले यात्रुहरूलाई पनि निकै समस्या पारेको थियो ।
भारी हिमपातकै कारण शिकागोलगायत वरपरका सहरहरूमा सडकहरू हिउँले ढाकिएका थिए । इन्डियाना स्टेट पुलिसका अनुसार हिमपातका कारण करिब ४५ वटा गाडीहरू आपसमा ठोक्किएका थिए । यद्यपि, यस घटनामा कुनै मानवीय क्षति नभएको समाचारहरूमा उल्लेख छ । हिमपातका कारण धेरै राष्ट्रिय राजमार्गहरू ६ घन्टासम्म अवरुद्ध भएका थिए ।
हिउँदे आँधीको घोषणासँगै अमेरिकी प्रहरीले मानिसहरूलाई घरमै बस्न अपिल गरेको छ । मौसम विभागका अनुसार सोमबार र मंगलबारको बिचमा यो आँधी अमेरिकाका केही भागहरूमा प्रवेश गर्नेछ । यस अवधिमा अमेरिकामा ५६ किलोमिटर प्रति घण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ। यो आँधी करिब ३ घन्टासम्म सक्रिय रहने मौसम सेवाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण