लैङ्गिक हिंसा न्यूनीकरण गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की
सारांश
- प्रहरी महानिरीक्षक कार्कीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याए।
- उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई वर्षभरि नै निरन्तरता दिनुपर्ने बताए।
- आईजीपी कार्कीले लैङ्गिक हिंसा कम गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्न निर्देशन दिए।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधन गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा आइतबार प्रहरी हेडक्वार्टरमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको बताए ।
आईजीपी कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिकीकरण गरेका छन् । लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई कार्कीले पुरस्कार प्रदान गरे ।
आईजीपी कार्कीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल एउटा अभियान वा अवधिमा सीमित नरही वर्षभरि उत्तिकै ऊर्जाका साथ सबै निकायले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
पछिल्लो समय एआईको विकास र प्रविधिको प्रयोगले हिंसा न्यूनीकरणमा थप चुनौती देखापरेको बताए । उनले भने– ‘नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षा प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।’
उनले लैङ्गिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिबद्ध रहन सकल दर्जालाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण