बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

यो विलय होइन, प्रलय हो : समीक्षा बास्कोटा

आइतबार, १४ मङ्सिर २०८२, १७ : ३८
आइतबार, १४ मङ्सिर २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृत्व समीक्षा बास्कोटाले रास्वपासँगको एकता विलय नभई प्रलय भएको बताएकी छन् । आइतबार राष्ट्रियसभा गृहमा आयोजित एकता सभामा सम्बोधन गर्दै उनले त्यो प्रलय आगामी फागुन २१ मा देखिने उनले जिकिर गरिन् ।

‘कतिपयले विलय भने । यो विलय होइन, प्रलय हो । त्यो फागुन २१ गते निलो क्रान्तिबाट प्रलय हुन्छ’, उनले भनिन् ।  

विवेकशील साझाकी अध्यक्ष समेत रहेकी उनले वैकल्पिक राजनीतिको ट्र्याक विवेकशील साझाले खोलेको र राजमार्ग रास्वपाले बनाएको बताइन् ।

‘हामीले ट्र्याक खोल्यौँ । रास्वपाले राजमार्ग बनायो । अब ट्र्याक खोल्ने र राजमार्ग बनाउने सँगै छन् । उज्ज्वल थापाले रोपेको फूल फल्न र फुल्न पर्‍यो । म कुनै पदका लागि आएको होइन । एक साधारण सदस्य भएर पनि बस्न सक्छु,’ बास्कोटाले भनिन् । 

विवेकशील साझाले हार्दिकता देखाएको र रास्वपाले पनि त्यही अनुसार हार्दिकता दिनेमा उनले अपेक्षा राखिन् । विवेकशील साझाका नेताहरू विद्रोही भएका, तर उनीहरू सहनशील पनि भएको बास्कोटाले बताइन् । विगत १० वर्षमा आफ्नो पार्टीमा जुन विग्रह आयो त्यो रास्वपामा हुन नदिने प्रण गरिन् ।

‘विकेकशील साझामा सधैं संक्रमण भयो । यसलाई खरानी बनायो । खरानीबाट उठेर उठ्न पनि आउँछ । नेतृत्वमा विश्वास गरौँ । नेतृत्वले कहिले चित्त बुझ्ने र कहिले नबुझ्ने कुरा गर्छन् । नेतृत्वले देश र जनताका लागि काम गरेका छन्’, उनले भनिन् । 
बास्कोटाले विवेकशील साझाले गरेको यात्रा परिवर्तनको सम्वाहक भएर गरिएको निरन्तरताको यात्रा भएको बताइन् । 
‘केही केही व्यक्ति लक्की हुन्छन् । रविजीले पार्टी खोलेको ५ महिनामा २१ सिट दिलायो । हामीले १० वर्षमा ३ सांसद मात्र दिन सक्यौँ,’ उनले अगाडि भनिन्, ‘विवेकशील साझामा जुन अवस्था मैले भोगेँ, त्यो रास्वपामा हुन दिन्नँ । मेरो प्रण भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप