निर्देशक राउतको ‘लभ–स्टोरी’मा कमब्याक : ‘कुमारी’को गीतसँगै रिलिज घोषणा
सारांश
- निर्देशक दिनेश राउतले 'कुमारी' मार्फत रोमान्टिक जनरामा पुनरागमन गर्दैछन्।
- 'कुमारी' को प्रदर्शन मिति माघ २३ गते तय भएको छ, जसमा अभिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्।
- फिल्मको पहिलो गीत 'कता छौ मेरो फूल' सार्वजनिक भएको छ, जसमा केहर सिंह लिम्बुको स्वर र संगीत छ।
काठमाडौँ । प्रेमकथामा ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल फिल्म दिएका निर्देशक दिनेश राउत फिल्म ‘कुमारी’ मार्फत पुनः रोमान्टिक जनरामा फर्किएका छन् । पछिल्ला समय सामाजिक मुद्दाहरूमा फिल्म बनाइरहेका राउतले विशुद्ध प्रेमको दुनियाँ देखाउने फिल्म ‘कुमारी’को प्रदर्शन मिति तय भएको छ ।
निर्माण पक्षले फिल्मको पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गर्दै प्रदर्शन मिति माघ २३ गते तय भएको जानकारी दिएको छ । भ्यालेन्टाइन डेलाई लक्षित गर्दै रिलिज हुन लागेको फिल्ममा अबिषेक खड्का र आकृति राजभन्डारीले मुख्य भूमिकाछ । यी दुबै कलाकार यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
सार्वजनिक गीत ‘कता छौ मेरो फूल’मा केहर सिंह लिम्बुको स्वर तथा संगीत छ । गीतको भिडियोमा यी दुबै कलाकारको रोमान्टिक अवतार देख्न सकिन्छ ।
‘म्युजिकल लभ स्टोरी’ बताइएको फिल्म बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्माण भएको हो । फिल्ममा अभिषेक र आकृतिको अलावा घनश्याम जोशी, सुनिता श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण