ट्रम्पका दूतसँग रुसी राष्ट्रपतिले मस्कोमा वार्ता गर्ने, रुस–युक्रेन युद्धबारे छलफल हुने
सारांश
- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूतबीच मस्कोमा भेटवार्ता हुँदैछ।
- अमेरिकी दूत युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न मस्को गएका हुन्, जसमा ट्रम्पका ज्वाइँ पनि सहभागी हुनेछन्।
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्तालाई रचनात्मक भनेका छन्, तर केही मुद्दामा काम गर्न बाँकी छ।
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अमेरिकी विशेष दूतसँग मस्कोटमा भेटवार्ता गर्दैछन् ।
रुस–युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकफलाई मस्को पठाएका हुन् । रुसी राष्ट्रपति पुटिनले विटकफसँग छलफल गर्ने तय भइसकेको छ ।
यसअघि अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने बारेमा ‘धेरै आशावादी’ रहेको बताएको थियो ।
रुसी राष्ट्रपतिसँगको छलफलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि सहभागी हुने अपेक्षा गरिएको छ । कुशनरले कूटनीतिक वार्तामा बाह्य सल्लाहकारको रूपमा काम गरेका छन् ।
फ्लोरिडामा विटकफ र कुशनर लगायत युक्रेनी र अमेरिकी अधिकारीहरू बिच दुई दिनको वार्तापछि अमेरिकी टोलीले रुसी राष्ट्रपतिसँग यसबारे वार्ता गर्न थालेको हो ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी अधिकारी र युक्रेनी अधिकारीबिच भएको वार्तालाई ‘रचनात्मक’ भनेका छन् । यद्यपि केही कठिन मुद्दामा अझै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।
सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंसँगको भेटपछि जेलेन्स्कीले शान्ति वार्तामा युक्रेनको सार्वभौमसत्ता कायम राख्नु र बलियो सुरक्षा ग्यारेन्टी प्राप्त गर्नु नै आफ्नो प्राथमिकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण