उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय
सारांश
- उज्यालो नेपाल पार्टीले 'सुशासन, समृद्धि तथा सामाजिक न्याय' लाई प्राथमिकतामा राखेको छ।
- पार्टीले वर्तमान संविधानलाई स्वीकार्ने र केही व्यवस्था संशोधन गर्ने घोषणा गरेको छ।
- स्थिर सरकार निर्माणका लागि निर्वाचन प्रणाली परिवर्तन गर्ने र स्थानीय तहको चुनाव गैरदलीय हुनुपर्ने उल्लेख छ।
काठमाडौँ । कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले ‘सुशासन, समृद्धि तथा सामाजिक न्याय’ लाई प्राथमिकतामा राखेको छ । बुधबार काठमाडौँमा सार्वजनिक पार्टीको घोषणापत्रमा पार्टीका मुख्य कार्यक्रम र मुख्य उद्देश्यबारे केन्द्रीय सदस्य रिमा विश्वकर्माले जानकारी दिँदै पार्टीको नारा ‘उज्यालो नेपाल, उज्यालो भविष्य, विकास समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य’ रहेको जानकारी दिइन् ।
सुशासन र पारदर्शितालाई आफ्नो बाचा बनाएको सो पार्टीमा नेपाल र नेपालीको उज्यालो भविष्यका लागि राष्ट्रका सचेत, सक्षम, इमानदार र प्रतिबद्ध नागरिकहरूको सहभागिता र संलग्नतामा नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रारम्भ गर्ने सङ्कल्प र योजनाका साथ उज्यालो नेपाल जन्म भएको जानकारी गराइएको छ ।
‘राजनीतिक आदर्श विचार र मूल्य मान्यता । न्याय प्रणाली, सुशासन र पारदर्शिता अपनाइने छ’, पार्टीको घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा वर्तमान संविधानलाई स्वीकार्ने । तर केही व्यवस्थाहरू संशोधन गर्ने उल्लेख छ ।
‘स्थिर सरकार निर्माण गर्न समानुपातिक समावेशीलाई सुनिश्चित गरी निर्वाचन प्रणाली परिवर्तन गर्ने तथा प्रदेश र स्थानीय तहको सङ्ख्या पुनरावलोकन गर्ने’, सार्वजनिक घोषणापत्रमा भनिएको छ ।
‘शासकीय सुधारका सम्बन्धमा मन्त्रालयको सङ्ख्या पुनरावलोकन गर्ने, प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री चयनसहित ५ सदस्यीय मन्त्रीमण्डल हुनुपर्ने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै स्थानीय तहको चुनाव गैरदलीय हुनुपर्नेमा उज्यालो नेपाल पार्टीको घोषणापत्रमा उल्लेख छ । उच्च राजनीतिक चेतना र चिन्तन प्रणालीको प्रतिनिधित्व गर्ने राजनीतिक दल स्थापना र विस्तार गरी सामाजिक न्यायको प्रत्याभूति गर्ने उद्देश्यले गठन गरिएको उक्त पार्टीले शासकीय प्रणाली र असल राजनीतिक संस्कार अभ्यासलाई महत्वका साथ अघि सारेको छ ।
कार्यक्रममा नेपाल सरकारका मन्त्री कुलमान घिसिङ पूर्वमन्त्री सुमना श्रेष्ठ समेत उपस्थित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण