एआईको आगमन : मुलुक परिवर्तनको मौका
सारांश
- काठमाडौं महानगरपालिकाले नगर प्रशासनलाई प्रविधिमैत्री बनाउन एआई विशेषज्ञ टोली गठन गर्ने घोषणा गरेको छ।
- सञ्चारमन्त्रीले एआईको प्रयोग बढाउन जोड दिएका छन् भने अमेरिकी दूतावासले सूचना प्रविधि तालिम दिने भएको छ।
- लेखमा एआईको प्रयोगले सुशासन र आर्थिक प्रगतिमा सहयोग पुग्ने, तर यसको नियमन आवश्यक रहेको कुरा उल्लेख छ।
मंसिर १२ गते शुक्रबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउन कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञहरूको एक छुट्टै टोली गठन गर्ने घोषणा सहित अघि बढे । दिगो शासन प्रणाली, स्मार्ट सार्वजनिक सेवा र व्यवस्थित सहरी अर्थतन्त्र निर्माणका लागि एआई रणनीतिको विकास तथा उपयोग गर्ने उद्देश्यले एआई कन्सोर्टियम टिम गठन गर्न लागिएकोमा दुई मत छैन ।
मंसिर १४ गते आइतबार आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गरिरहेका विज्ञसहित प्रविधि र नवप्रवर्तनलाई नगर प्रशासनको केन्द्रमा राख्नेमा सबैको चासो सहित योजना समेत बन्यो । सुशासन, पारदर्शिता र डिजिटल सोलुसनमार्फत नगर व्यवस्थापनमा सुधार गर्ने यो प्रयासमा देशमा आधुनिकताको एआई प्रयोगमा बढवा हुनेमा दुबिधा छैन ।
यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि प्रशासनिक कार्यमा एआईको बढवामा जोड दिएका छन् । वास्तवमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग सबै सकारी, निजी, विद्यालय, विश्वविद्यालय, अनुसन्धान क्षेत्रमा प्रयोग हुनु राम्रो हो । एआईको प्रयोगलाई समयानुसार बढवा दिँदा अमेरिकी दूतावासले समेत नेपाली युवालाई अमेरिकी कम्पनीहरूमा रोजगारीका अवसर सिर्जना गर्न सूचना प्रविधि तालिम कार्यक्रम सञ्चालन गर्ने स्वीकार गरिसकेको छ ।
काठमाडौँ महानगरपालिका लगायत सबै क्षेत्रमा समयानुसारको स्मार्ट टिकेटिङ प्रणाली, अनलाइन सेवा र नगर परिषद् लगायत सबै सरकारी कार्यालयका बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने, ठुला निजी क्षेत्रका योजनामा सर्वसाधारणलाई सहभागी गराउन डिजिटल पहल हुन आवश्यक छ । यसले गर्दा अवसरको खोजी गर्नेहरू पनि सहज पहुँचमा पुग्नुका साथै सरकारी तथा निजी संस्थाहरूप्रति जेन–जी लगायत सर्वसाधारणको सहभागिता बढ्नेमा ढुक्क हुनेछ ।
त्यसो त नेपालमा एआईको प्रयोग वित्तीय क्षेत्रमा सबैभन्दा बढी भइरहेको छ, त्यसपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यो बढ्दो छ । सबै क्षेत्रको सेवा प्रवाह र कार्यक्षमतामा सुधार ल्याउन केन्द्रित भयो भने नेपाल सरकार र निजी क्षेत्रका प्रशासनको आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
तर योसँगै एआई भित्र्याउने भन्दै च्याट जीपिटीको प्रयोगको बढवा हुँदा आधुनिकिकरणमा मनुष्यको मस्तिष्कको योगदान निमिट्यान्ट नहोला भन्न सकिँदैन । यसमा नियमावलीको आवश्यकता पर्छ । ताकि अमेरिकाले रोजगारीको प्रलोभन दिँदा सार्वजनिक उत्तरदायित्वमा भुल्न हुँदैन ।
गणतन्त्रलाई धरापमा पार्न चाहने अघोषित समूहले अराजकता खेल्न जसरी गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा छिर्यो, त्यसले विघ्वंश निम्त्याएको पाइन्छ । यो आन्दोलन पनि सरकारले सामाजिक सञ्जालमा लगाएको अङ्कुश एआईकै माध्यमबाट नयाँ सामाजिक समूहबाट आह्वान गरिएको भन्ने प्रस्ट छ ।
विधिवत् निर्वाचित संविधानसभाद्वारा जारी नेपालको संविधान, २०७२ लाई उल्टाउने कुनै समूह तथा मतियारहरूले एआई र जेन–जीभन्दै चिच्याहट सहित मुलुकको अवस्था फेरी भयावह नहुने हुँदैन । यसमा सरकार सहित, विभिन्न निकाय, निजी क्षेत्र अग्रसर सहित एआईलाई मुलुकको प्रगतिको सपना पूरा गर्न कम्मर कस्नुपर्छ । मुलुकका विभिन्न राजनीतिक दल निर्वाचनको लागि मात्र अघि बढ्ने नभई घोषणा पत्रमा तयार हुने जेन–जी, एआईलाई शब्दमा मात्र नभएर कार्यान्वयनमा अघि बढ्नुपर्छ ।
संविधानवादप्रतिका बौद्धिक जगत् र विभिन्न राजनीतिक दलहरूले अरूको कुरा काट्नेभन्दा र एआई तथा जेन–जीभन्दै भाषण गर्नेभन्दा आर्थिक प्रगतिका लागि जेन–जी र एआईको प्रयोग व्यवस्थामा ध्यान दिनुपर्छ ।
सूचना दिन तथा ग्रहण गर्नका लागि एआईको अन्तर्गतककै सामाजिक सञ्जालहरू पनि हुन् भन्नेलाई पनि बिर्सनु हुँदैन । एआईलाई समयानुसार र अवस्थाअनुसार सकारात्मक प्रयोगमा ल्याउनुपर्छ । ताकि इन्टरनेट प्रयोग गरी गुगलमा खोजिएर तयार पारिएका सामाग्रीले विकास ल्याउन सक्दैन । यो कपि मात्र हुन्छ । जसलाई हामीले साभार भनेर भन्छौं । एआईको प्रयोगले विकास लागि नयाँ योजना र कार्यमा सफलता लिन प्रयोग गर्ने भन्नेमा ध्यान र नियम हुनुपर्छ । प्रशासनिक कार्यमा सहयोग गर्ने कम्प्युटर माध्यमले कुनै सामाग्री, कुनै स्थान र कुनै देशमा आफै पुराउदैन । एआईले नक्शाको काम मात्र गर्छ ।
साधारण कुरा नबुझी अर्थमा भर पर्ने अर्थात् कम्प्युटर शैलीमा सिमान्टिक र व्याकरण वा नियममा भर पर्ने सन्टेटिकभन्दा ठुलो शङ्का र अपहार रूपमा बाबाको हल्ला फैलाउनु राम्रो होइन । सन् १९८० को दशकदेखि बजारमा आउन थालेको एआईको अहिले परिवर्तनमा फट्को मार्नुका साथै सबैले एआई एआई भन्दै घोक्न थालेका पनि हुन् । यसको विकास र विस्तारमा सरकार, सम्वन्धित निकाय, राजनीतिक दल सबै सचेत पनि हुन आवश्यक छ । प्रयोगमा छिटोभन्दा आवश्यकतामा जोड दिनुपर्छ । जेन–जी समूहलाई यस प्रविधिमा संलग्न गराए, रोजगारीका लागि नेपालको विकासमा मात्र होइन, अमेरिका लगायत विभिन्न देशमा नेपालीको प्रयोग हुनसक्छ भन्नेमा धृत हुनुमा दुबिधा छैन ।
जेन–जीको आन्दोलनले पनि देशमा नाश भएको छ, जसमा एआईको पनि प्रयोग भएकै हो । सूचना तथा सञ्चारका लागि । देशमा परिवर्तन भयो, निर्वाचन मिति तोकियो तर पनि मुलुक बनाउन बाँकी छ, तर बिग्रेको चाहिँ छैन, एआई प्रयोग गरौँ देश बन्छ भनेर सन्देश दिन अघि सर्न बाध्य छन् । एआईको प्रयोग नबुझ्नुले नयाँ लानुभयो भन्दै हाम्रा कथित विचार निर्माणकर्ताहरू नै समयको तराजुमा विभिन्न काल प्रयोग गर्दै अघि बढेको पाइन्छ । लोकतान्त्रिक, समावेशी र भविष्य निर्माण गर्ने एआईको ल्याकत कहाँ छ र कसरी कुन कार्यमा प्रविधिको प्रयोग हुन्छ, कार्यभन्दा भाषण नै राजनीतिक दल, सरकार, अगुवा समावेश देखिन्छन् नभन्न सकिँदैन । प्रयोग जानकारी नै अगाडी बढावाउनुपर्छ र यसको लागि अभियानमा सक्रिय हुन र जानेको सिकाउन उमेरले मात्र नभएर ज्ञानले जेन–जी पनि लाग्नुपर्छ ।
हजुरबुवाको पालामा मोबाइल ढिला आएको अहिलेको बच्चा जन्मिएदेखि नै रुदैछ भने मोबाइलबाट गीत सुनाएर, कार्टुन देखाएर फकाउने प्रचलन पनि बढेको छ । यसैगरि एआईलाई मतलब नगरेका निवर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीले जीवनलाई सरल र सहज बनाउनका लागि एआईको प्रयोगमा जोड दिए । प्रधानमन्त्री हुँदा एआईको प्रयोगमा चेतना देखाएपनि कार्यान्वयनमा ढीला देखिएकोमा दुई मत छैन । आफ्नो पार्टी एमालेको महाधिवेशनमा कत्तिको एआईको प्रयोग गर्छ हेर्न बाँकी नै छ ।
नेपालको आर्थिक–सामाजिक भविष्यका लागि एआईको खुलापनमा कसरी सम्भव यसको अनुगमनको पनि आवश्यक छ । परीक्षामा पास हुन सहयोग एआईको लिएको जस्तै सबैमा साभार नहुन सक्छ । पञ्चायतकालदेखि जेन–जी आन्दोलनमा नेपाललाई के घाटा भयो, एआईले निष्कर्ष ल्याउन सक्छ ? यो प्रश्नको उत्तर ठुलो बहसको आवश्यकता छ ।
एआईबाट विकासका लागि एआईको मतलबबारे सबैलाई जानकारी दिन आवश्यक छ । यसैगरी एआईको लक्ष्य, कुन अवस्थामा प्रयोग पनि थाहा पाउन जरुरी छ । एआईको प्रयोगले कुनै गल्ती वा कमजोरी देखिए सुधारतर्फ दिमाग लगाउनुपर्छ । एआईबाट खुसीयाली र सन्तुलित कार्य पाउनका लागि योजनामा पनि ध्यान दिनुपर्छ । होइन भने कुनै पनि संस्था व्यक्ति वा सरकारी कार्यालयले कार्य सञ्चालनमा सुधार गर्न हो वा व्यक्तिगत आइटी गतिविधि व्यवस्थित गर्नका लागि एआई हो भन्नेमा प्रश्न रहन्छ ।
शर्मा नेपाली कांग्रेसकी युवा नेतृ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण