बिहीबार नै प्रदर्शनमा आयो ‘अभिमन्यु’
सारांश
- अभिनेता कामेश्वर चौरसिया र अभिनेत्री लक्ष्मी बर्देवाको फिल्म 'अभिमन्यु ः च्याप्टर १' रिलिज भएको छ।
- फिल्मले धान्य पूर्णिमा र उधौली पर्वको बिदाको अवसर पारेर राम्रो शो पाएको छ।
- सुशान्त गौतम निर्देशित फिल्ममा रेखा थापाको अतिथि भूमिका रहेको छ।
काठमाडौँ । अभिनेता कामेश्वर चौरसिया र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ आजै बिहीबारबाट प्रदर्शनमा आएको छ । नयाँ नेपाली फिल्म फ्राइडे रिलिज अन्तर्गत शुक्रबार गर्ने परम्परा रहे पनि चाडपर्वमा भने अन्य दिन पनि रिलिज हुँदै आएका थिए ।
‘अभिमन्यु’ पनि धान्य पूर्णिमा, उधौली पर्व बिदाको अवसर पारेर प्रदर्शनमा आएको हो । हलमा राम्रो शो पाएको फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । कामेश्वर र लक्ष्मीको अलवा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय रहेको फिल्ममा अतिथि भूमिकामा रेखा थापा पनि छिन् ।
मुकेश खनालको लेखन रहेको फिल्मको गत सोमबार प्रिमियर भएको थियो । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्मले दर्शकबाट पनि सकारात्मक वर्ड अफ माउथको अपेक्षा राखेको छ ।
फिल्मबाट आफूले राम्रो अपेक्षा गरेको अभिनेता कामेश्वरले बताए । ‘हामीले फिल्म मेकर, कलाकार र पत्रकारलाई फिल्म देखाएका थियौ’, उनी थप्छन्– ‘सबैबाट राम्रो प्रतिक्रिया मिलेकोले उत्साहित छौ ।’
मुकेश खनालको लेखन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन् । फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतो डिओपी रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स र मदन घिमिरे सम्पादक छ । फिल्म नेपाली र हिन्दी दुवै भाषामा विश्वव्यापी रूपमा रिलिज भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण