शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एनपीएल : पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा
LIVE UPDATES

LIVE UPDATES : एनपीएल : पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

बिहीबार, १८ मङ्सिर २०८२, १२ : ०३
Live

 काठमाडौँ । काठमान्डु गार्खाज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।  बिहीबार भएको खेलमा काठमान्डुले पोखरा एभेन्जर्समाथि १३ रनको जित निकाल्दै प्लेअफमा प्रवेश गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५२ रन बनायो ।  पोखराका लागि ऋषि धवनले ५४ रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै, धनन्जय लक्ष्यणले ३० रन बनाउँदा कप्तान कुशल भुर्तेलले २२ रनको योगदान गरे । काठमान्डुका लागि सहब आलमले ह्याट्रिकसँगै सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ६ विकेट लिएका हुन् । 

काठमान्डुका कप्तान करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।   

काठमान्डुका लागि भिम र चाल्सवर्थले अर्धशत पूरा गरे । चाल्सवर्थले ६४ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका चाल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे । काठमान्डुका लागि भिम सार्कीले ५५ रनको अर्धशतकीय पारी खेले  । २२ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।  

त्यस्तै,काठमान्डुका लागि मिलिन्द कुमारले १३ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  बलिङतर्फ पोखराका लागि धनन्जय लक्ष्यणले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन ओभरसँगै १६ रन खर्चे । 

त्यस्तै, कप्तान कुशल भुर्तेलले दुई विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै काठमान्डु प्लेअफमा प्रवेश गरेको छ । 

काठमान्डुले ७ खेलबाट १० अंक जोडेको छ । यता, पोखराको अन्तिम खेल बाँकी रहँदा ४ अंक जोडेर प्लेअफको सम्भावना कायम नै छ ।

पोखरालाई १३ रनले हराउँदै काठमान्डु प्लेअफमा

काठमाडौँ । काठमान्डु गार्खाज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।  बिहीबार भएको खेलमा काठमान्डुले पोखरा एभेन्जर्समाथि १३ रनको जित निकाल्दै प्लेअफमा प्रवेश गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५२ रन बनायो ।  पोखराका लागि ऋषि धवनले ५४ रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै, धनन्जय लक्ष्यणले ३० रन बनाउँदा कप्तान कुशल भुर्तेलले २२ रनको योगदान गरे । काठमान्डुका लागि सहब आलमले ह्याट्रिकसँगै सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ६ विकेट लिएका हुन् । 

काठमान्डुका शाहबले लिए ह्याट्रिक विकेट

काठमाडौँ । काठमान्डु गोर्खाजका शाहब आलमले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक विकेट लिएका छन् । 

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले अन्तिम ओभरमा तीन विकेट गुमाएको हो ।  काठमान्डुका शाहब आलमले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट हात पारेका हुन् । 

काठमान्डुलाई छैटौँ सफलता, शाहबले लिए विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध छैटौँ सफलता हात पारेको छ ।

 त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले किरण ठगुन्नाको रुपमा पाँचौँ विकेट गुमाएको हो । 

कप्तान करणले लिए पोखराको पाँचौँ विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले धनन्जय लक्ष्यणको रुपमा पाँचौं विकेट गुमाएको हो ।  धनन्जयलाई काठमान्डुका कप्तान करण केसीले ३० रनमा क्याच आउट गराएका हुन् ।

पोखराले १० ओभरमा बनायो ६७ रन

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले १० ओभरमा ६७ रन बनाएको छ ।   

काठमान्डुका कप्तान करणले लिए पोखराका कप्तान कुशलको विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध चौथो सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले कप्तान कुशल भुर्तेलको रुपमा चौथे विकेट गुमाएको हो । 

सन्नी पटेलले दिलाए काठमान्डुलाई तेस्रो सफलता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध तेस्रो सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले तीर्थराज दासको रुपमा तेस्रो विकेट गुमाएको हो ।  दासलाई काठमान्डुका सन्नी पटेलले ९ रनमा एलबीडब्लू आउट गराएका हुन् ।

यो विकेटसँगै पोखराले ७ ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै ४४ रन बनाएको छ ।

साहबले लिए जेनस रोयको विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले जेसन रोयको रुपमा दोस्रो विकेट गुमाएको हो ।  रोयलाई काठमान्डुका साहब आलमले १६ रनमा बोल्ड आउट गराएका हुन् ।

सन्नी पटेलले लिए काठमान्डुका लागि पहिलो विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।  

भिम र चाल्सवर्थको अर्धशतकमा काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमाडौँ । भिम सार्की र बेन चाल्सवर्थको अर्धशतकको सहयोगमा काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनायो । 

काठमान्डुका लागि भिम र चाल्सवर्थले अर्धशत पूरा गरे । चाल्सवर्थले ६४ रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका चाल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे ।   काठमान्डुका लागि भिम सार्कीले ५५ रनको अर्धशतकीय पारी खेले  । २२ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । 

त्यस्तै काठमान्डुका लागि मिलिन्द कुमारले १३ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  बलिङतर्फ पोखराका लागि धनन्जय लक्ष्यणले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन ओभरसँगै १६ रन खर्चे । त्यस्तै कप्तान कुशल भुर्तेलले दुई विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिए । 

भिम सार्कीले १९ बलमा पूरा गरे अर्धशतक

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजका भिम सार्कीले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुका लागि उनले १९ बलमा ५१ रन पूरा गर्दै अर्धशतक बनाए ।  उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

काठमान्डुका लागि बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजका बेन चार्ल्सवर्थले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुका लागि उनले ४८ बलमा ५१ रन पूरा गर्दै अर्धशतक बनाए ।  उनले ४ चौका र १ छक्का प्रहार गरे । यो अर्धशतकसँगै काठमान्डुले १६ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १०९ रन बनाएको छ । 

पोखरालाई पाँचौं सफलता, किरणले लिए विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले पाँचौं सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले आदिल आलमको रुपमा पाँचौं वकेट गुमाएको हो ।  आलमलाई पोखराका किरण ठगुन्नाले ७ रनमा क्याच आउट गराएका हुन् ।

कप्तान कुशलले लिए दोस्रो विकेट, पोखरालाई चौथो सफलता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले चौथो सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले जोन सिम्पसनको रुपमा चौथो वकेट गुमाएको हो ।  सिम्पसनलाई पोखराका कप्तान कुशल भुर्तेलले २ रनमा कट एण्ड बोल्ड गराएका हुन् ।

यो विकेटसँगै काठमान्डुले १२ ओभरको समाप्तिमा ६५ रन बनाए चार विकेट गुमाएको छ । यो विकेटसँगै काठमान्डुले १२ ओभरको समाप्तिमा ६५ रन बनाए चार विकेट गुमाएको छ 

काठमान्डुले १० ओभरमा बनायो ५६ रन

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध १० ओभरमा ५६ रन बनाएको छ । 

धनन्जयले लिए काठमान्डुको दोस्रो विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले दोस्रो सफलता हात पारेको छ ।  

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले रशिद खानको रुपमा दोस्रो विकेट गुमाएको हो । खानलाई पोखराका धनन्जय लक्ष्यणले ७ रनमा क्याच आउट गराएका हुन् ।

पोखरालाई पहिलो ओभरमा नै सफलता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले पहिलो ओभरमा नै विकेट लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया