थप ३५ मेगावाट विद्युत भारत निर्यात गर्न प्राधिकरणले पायो अनुमति
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत भारत निर्यात गर्ने अनुमति पाएको छ ।
प्राधिकरणले सेती नदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेन्जमा निर्यात अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
भारतको डेजीग्नेटेड अथोरिटी, सेन्ट्रल इलेक्ट्रीसिटि अथोरिटीले मङ्सिर १६ गते निर्यात अनुमति प्रदान गरेको निर्देशक सिलवालले जानकारी दिए ।
यससँगै प्राधिकरणले विभिन्न माध्यमबाट (मध्यकालीन द्विपक्षीय सम्झौता,निर्यात गर्न पाउने विद्युतको परिमाण १२ सय मेगावाट पुगेको छ ।
प्राधिकरणले ३३ आयोजनाका ११ सय ६५ मेगावाट विद्युत निर्यात गर्न अनुमति पाएको थियो ।यस्तै भारतले प्राधिकरणलाई २०४.५८ मेगावाट विद्युत निर्यात गर्न पाउने अवधि थप गरिदिएको छ ।
यसअघि १५ जुन देखि ३१ अक्टोबर सम्म मध्यकालीन द्विपक्षीय सम्झौता मार्फत निर्यात अनुमति प्रदान गरेका १२ आयोजनाबाट उत्पादित २०४.५८ मेगावाट विद्युत वर्षको बाँकी अवधिको लागि प्रतिस्पर्धी बजारमा निर्यात गर्न पाउने गरी निर्यात अनुमति नवीकरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण