वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र सुरु
सारांश
- वालिङ-हुवास सडकखण्डको हुल्काङ-पियाखेत खण्डमा कालोपत्रे सुरु भएको छ, जसले दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्नेछ।
- सङ्घीय सरकारको बजेटबाट ६ मिटर चौडाइमा कालोपत्रे गरिने र यसले यात्रालाई सहज बनाउनेछ।
- सडक निर्माणले पैँयु र विहादी गाउँपालिकाका साथै महाशिला र फलेवास नगरपालिकाका बासिन्दालाई फाइदा पुग्नेछ।
पर्वत। दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि अहिलेसम्म कच्ची र जोखिमपूर्ण अवस्थामा रहेको यो सडक अब स्तरोन्नति हुने भएको हो।
सडक डिभिजन कार्यालय पोखराले जनाएअनुसार वालिङ–हुवास सडकखण्डको पियाखेतदेखि हुल्काङ खण्डमा कालोपत्रे बिछ्याउन थालिएको छ। सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि विनियोजित चार करोड रुपैयाँ बजेटबाट ६ मिटर चौडाइमा कालोपत्र गर्न थालिएको हो।
पर्वत र स्याङ्जाको सिमाना चिसापानीदेखि डुम्रेभञ्ज्याङसम्मको भाग स्तरोन्नति गर्न माघमा बजेट विनियोजन भएर काम सुरु भएको थियो। यसअघि नै चिसापानीदेखि हुवास–त्रिवेणी–वहाकी–रानीपानीसम्मको सडक गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयले कालोपत्र गरिसकेको छ।
बाँकी रहेको डुम्रेभञ्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि दक्षिण पर्वतका बासिन्दालाई यात्रा गर्न सहज हुनेछ। यो सडकबाट पर्वतको पैँयु गाउँपालिकाका सात, विहादीका छ वटा वडाका साथै महाशिला र फलेवास नगरपालिकाका बासिन्दा समेत लाभान्वित हुनेछन्।
पैँयु वडा नं ५ चिसापानीका वडाध्यक्ष नारायण भुर्तेलले सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरबीच सिधा सम्पर्क विस्तार हुनुका साथै यसलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने बताएका छन्। झन्डै १६ किलोमिटर लामो वालिङ–हुवास सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौँ समय र जोखिम मोल्नुपर्ने अवस्था रहेकामा अब भने सहज भएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण