पुराना दल सकिए भनेर नसोच्नू, एमाले चक्रब्युह तोडेर अघि बढ्छ: अध्यक्ष ओली
सारांश
- केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू सकिने धारणा नबनाउन आग्रह गर्दै सरकार बनाउनेहरूलाई चेतावनी दिए।
- ओलीले एमालेलाई घेराबन्दी तोड्ने र चुनावपछि एमालेकै सरकार बन्ने दाबी गरे।
- एमालेको महाधिवेशन भक्तपुरमा हुँदैछ, जहाँ मानिसहरू नअट्ने ओलीको भनाइ छ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू सकिए वा सकिन्छन् भन्ने धारणा नबनाउन आग्रह गरेका छन्।
शनिबार नेकपा एमालेको ११औँ महाधिवेशनका लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले आगो लगाएरै सरकार बनाउने र चल्ने सोच राख्नेहरूलाई चेतावनी दिए। उनले प्रश्न गरे, "फेरि पनि आगो लगाएर सरकार बनाउने? फेरि पनि आगोकै भरमा सरकार बन्छ? पार्टीहरूकै सरकार बन्छ।"
ओलीले यस पटकको महाधिवेशन एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्ने र एमाले फेरि अघि बढ्ने बताए। उनले एमालेलाई द्वापर युगका बालक अभिमन्युलाई जस्तो एकैसाथ घेरेर चक्रब्युहमा पारौँला भन्ने नसोच्न आग्रह गरे। "एमाले अभिमन्युजस्तो कलिलो होइन, एमालेले त्यस्ता चक्रब्युहलाई कच्याककुचुक बनाइदिन्छ," ओलीले भने।
उनले फागुन २१ मा चुनाव नहुने बताउँदै अहिले एमाले सरकारको चक्करमा पनि नरहेको स्पष्ट पारे। ओलीले एमाले चुनावको प्रतीक्षामा रहेको र अब हुने चुनावपछि एमालेकै सरकार बन्ने दाबी गरे। "अरू पुराना दल के गर्छन् थाहा छैन, एमाले त आयो आयो," उनले भने।
एमालेको ११औँ महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा मानिसहरू नअट्ने बताउँदै ओलीले जे जस्तो हुन्छ त्यसै गरी व्यवस्थापन गर्नुपर्ने बताए। उनले एमालेको महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनुपर्नेमा जोड दिए। उनले कार्यक्रम स्थलमा आउने बाटो र ठाउँ नपुगेर धादिङ, नुवाकोट, बनेपा वा दक्षिणकाली तिर छुट्टै कार्यक्रम गरेर फर्कनु पर्ने स्थिति पनि आउन सक्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण