१५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन्छु : गगन थापा
सारांश
- गगन थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
- उनले छिट्टै महाधिवेशन सम्पन्न गरी फागुन २१ गते हुने निर्वाचनमा पार्टी सहभागी हुने बताए।
- थापाले आगामी निर्वाचन काठमाडौँबाटै लड्ने र सरकारले फागुन २१ गते निर्वाचन गर्ने विश्वास व्यक्त गरे।
जनकपुरधाम। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल प्रेस युनियन सर्लाहीले शनिबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफू सभापतिका उम्मेदवार हुने बताएका हुन्।
उनले केही समय छलफल र बहसमा खेर गएको उल्लेख गर्दै अब छोटो अवधिमै महाधिवेशन सम्पन्न गरी फागुन २१ गते हुने निर्वाचनमा पार्टी सरिक हुने निर्णय भइसकेको जानकारी दिए।
महामन्त्री थापाका अनुसार पार्टीको महाधिवेशन र आम निर्वाचनको तयारी सँगसँगै अघि बढाइएको छ। उनले वर्तमान सरकारले फागुन २१ मै निर्वाचन गराउने विश्वास व्यक्त गरे।
त्यसैगरी, उनले यसपटक पनि काठमाडौँबाटै चुनाव लड्ने स्पष्ट पारे। सर्लाहीको क्षेत्र नं. ४ बाट यसअघि पनि चुनाव लड्न प्रस्ताव आए पनि पार्टीभित्र प्रायः आफ्नै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने अभ्यास रहेकाले आफू अहिलेकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण