बुन्डेसलिगा
केनको ह्याट्रिकमा बायर्नको शानदार जित
शनिबार, २० मङ्सिर २०८२, २३ : ००
सारांश
- बायर्न म्युनिखले स्टुटगार्टलाई ५-० गोलले पराजित गर्दै शानदार जित हासिल गर्यो।
- ह्यारी केनले ह्याट्रिक गरेर बायर्नको जितमा महत्त्वपूर्ण योगदान दिए।
- खेलको ८१औँ मिनेटमा स्टुटगार्टका लोरेन्ज असिग्नन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
काठमाडौँ। बुन्डेसलिगामा शनिबार राति भएको खेलमा बायर्न म्युनिखले स्टुटगार्टलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ। खेलको सुरु देखिनै दबाब बनाएको बायर्नका लागि ह्यारी केन चम्किए, उनले ह्याट्रिक गर्दै टोलीको जितमा मुख्य भूमिका खेले।
खेलको ११औँ मिनेटमा कोनराड लैमरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा केनको उत्कृष्ट प्रदर्शन देखियो। उनले ६६औँ मिनेटमा गोल गरे, ८२औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे र ८८औँ मिनेटमा ह्याट्रिक पूरा गरे। जोसिप स्टानिसिचले पनि ७८औँ मिनेटमा एक गोल गर्दै योगदान दिए।
स्टुटगार्टका लागि खेल झनै कठिन तब बन्यो जब ८१औँ मिनेटमा लोरेन्ज असिग्नन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
बायर्नको यो जितले शीर्ष स्थानको दौडमा उनीहरूको आत्मविश्वास झनै बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण