जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति तोडफोड गर्ने एक जना पक्राउ
सारांश
- रौतहटमा जेनजी आन्दोलनमा सरकारी सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ परेका व्यक्तिमाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
- जेनजी आन्दोलनमा भएको क्षति २० करोडभन्दा बढी रहेको प्रहरीको अनुमान छ।
रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।
गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको कार्यालय र सवारी साधनहरू आगजनी तथा तोडफोड गर्ने कार्यमा संलग्न चन्द्रपुर नगरपालिका-४ बस्ने ३० वर्षीय बिकी पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पाण्डेलाई गत मंसिर १८ गते राति नियन्त्रणमा लिइएको थियो । उनलाई आपराधिक उपद्रव मुद्दामा रौतहट जिल्ला अदालत गौरबाट पक्राउ गर्न अनुमति लिइएको थियो।
यसअघि, गत बुधबार साँझ सोही घटनामा संलग्न चन्द्रपुर-४ का ३२ वर्षीय दीपक बस्नेत र वडा-८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई पक्राउ गरिएको थियो।
प्रवक्ता बस्यालका अनुसार, पक्राउ परेका तीनैजनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी (सिडियो) दिनेश सागर भुसालले जेनजी आन्दोलनका क्रममा गम्भीर प्रकृतिका घटना गराउने तथा व्यक्तिगत रिसिइबीका कारण कसैको सम्पत्ति तोडफोड, आगजनी तथा लुटपाट गर्ने मानिसहरूलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन गृह मन्त्रालयबाट पत्र आइसकेको बताएका छन्। उनले अन्य घटनाहरूको समेत सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको र दोषी ठहर भएमा जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउने जानकारी दिए।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा रौतहटको सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया, फतुवा बिजयपुर, मौलापुर लगायतका स्थानमा सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटबाट २० करोडभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण