‘बिग बोस १९’ को ग्रान्ड फिनाले आज, यस्तो छ ५ जनाको फाइनल लिस्ट ?
सारांश
- बिग बोस १९ रियालिटी शोको अन्तिम चरणमा, सलमान खानले विजेता घोषणा गर्नेछन्।
- शीर्ष ५ प्रतिस्पर्धीहरू ट्रफीका लागि प्रतिस्पर्धा गर्दैछन्, र फिनाले डिसेम्बर ७, २०२५ मा हुनेछ।
- कार्यक्रम जियो सिनेमा, डिज्नी लाइभ, र कलर्स टिभीमा प्रसारण हुनेछ, जसमा सांगीतिक प्रस्तुतिहरू हुनेछन्।
मुम्बई । चर्चित रियालिटी शो ‘बिग बोस १९’ अहिले अन्तिम चरणमा छ । शोका होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नेछन् । दर्शकहरू त्यो पलको प्रतीक्षामा छन् ।
शोको ट्रफीका लागि शीर्ष ५ जना प्रतिस्पर्धीहरूबिच कडा प्रतिस्पर्धा हुनेछ । सामाजिक सञ्जालमा अहिले फिनालेलाई लिएर फ्यानहरूमाझ ठुलो चर्चा परिचर्चा छ । समाचारका अनुसार ‘बिग बोस १९’ को ग्रान्ड फिनाले ७ डिसेम्बर, २०२५ (आज) हुनेछ ।
ओटीटीका दर्शकहरूका लागि जियो सिनेमा र डिज्नी लाइभ प्रसारण हुनेछ । टेलिभिजन दर्शकहरूका लागि कलर्स टिभीले राति १०ः ३० बजेबाट प्रसारण गर्नेछ ।
शोको सुरुवात २४ अगस्ट, २०२५ मा भएको थियो । सुरुमा शोमा १८ जना प्रतिस्पर्धीहरू सहभागी थिए । अहिले ५ प्रतिस्पर्धी बाँकी छन् । गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरे प्रतिस्पर्धी छन् ।
फिनालेमा विजेता घोषणा अघि विभिन्न साङ्गीतिक तथा नृत्य प्रस्तुतिहरू हुनेछन् । कार्यक्रमको अहिलेसम्म पुरस्कार राशिको आधिकारिक घोषणा भएको छैन । अघिल्ला सिजनहरूमा सामान्यतया विजेतालाई करिब ५०/५५ लाख भारतीय रुपैयाँ र ट्रफी दिइने गरिएको थियो ।
यसैलाई आधार मान्दै फ्यानहरूले यस वर्षको विजेताले पनि यस्तै नगद पुरस्कार प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण