पूर्वसांसदको घरमा तोडफोड गरेको आरोपमा विष्णु लामा पक्राउ
आइतबार, २१ मङ्सिर २०८२, ११ : ४०
सारांश
- जेजनी प्रदर्शनको क्रममा पूर्व सांसद धनबहादुर बुढाको घरमा तोडफोड र आगजनी भएको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा गुण्डागर्दी पृष्ठभूमिका ५२ वर्षीय विष्णु लामा रहेका छन्, जो काभ्रेका हुन् र गोकर्णेश्वरमा बस्दै आएका थिए।
- जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लामा यसअघि पनि गुण्डागर्दीको आरोपमा पक्राउ परेका थिए।
काठमाडौं । जेजनी प्रदर्शनमा पूर्व सांसद धनबहादुर बुढाको घरमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुण्डागर्दी पृष्ठभूमिका ५२ वर्षीय विष्णु लामा छन् । बुढा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का सांसद हुन् ।
भदौ २४ मा गोकर्णेश्वर नगरपालिका–६ स्थित बुढाको घर तोडफोड र आगजनीमा संलग्न लामा गुण्डागर्दी पृष्ठभूमिका हुन् । काभ्रेको तेमाल गाउँपालिका–३ घर भएर गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीमा बस्दै आएका लामालाई शनिबार पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
लामा यसअघि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण