इक्यान रुपन्देहीको अध्यक्षमा गोबिन्द बस्नेत निर्वाचित
सारांश
- गोविन्द बस्नेत दुई वर्षे कार्यकालका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको अध्यक्षमा निर्वाचित भएका छन्।
- अध्यक्ष पदका लागि भएको मतदानमा बस्नेतले १९ मत प्राप्त गर्दा पाण्डेले १८ मत प्राप्त गरे।
- इक्यानका केन्द्रीय अध्यक्षले शैक्षिक परामर्श केन्द्रको भूमिका बढेको र युवालाई स्वदेशमै केही गर्न प्रेरित गर्नुपर्ने बताए।
बुटवल। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित भएका छन् । इक्यानको आइतबार साँझ बुटवलमा सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट बस्नेत आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा दुई जनाको दाबी भएपछि मतदान प्रक्रियाबाट नेतृत्वको टुङ्गो लागेको हो । अर्का अध्यक्षका प्रत्याशी राजेश प्रसाद पाण्डे १ मतले पराजित भएका हुन् । कूल खसेको ३७ मतमा अध्यक्ष निर्वाचित बस्नेतले १९ मत प्राप्त गरेका थिए भने पाण्डेले १८ मत प्राप्त गरेका थिए । अन्य पदाधिकारी तथा सदस्यहरूमा भने सर्वसम्मत भएको थियो । जस अन्तरगत उपाध्यक्षमा दीपेश अर्याल, सचिवमा उपेन्द्र यादव, कोषाध्यक्षमा रामचन्द्र खरेल चयन भएका छन् । यसैगरी सदस्यहरूमा किरण राना, राम खड्का, शिव पौडेल र शिखर गिरि धिताल चयन भएका छन् ।
यसअघि आयोजित उद्घाटन सत्रमा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले जेनजी आन्दोलनपछि शैक्षिक परामर्श केन्द्रहरुको भूमिका थप बढेको बताउँदै गम्भीर भएर लाग्नु पर्नेमा जोडदिएका थिए । युवाहरुलाई अध्ययनका लागि विदेश पठाउने मात्र नभई उनीहरूलाई स्वदेश फर्केर केही गर्न सकिन्छ भन्ने आशा जगाउन पनि आवश्यक रहेको बताए । यसैगरी इक्यान केन्द्रीय महासचिव दिपकराज भुसालले इक्यानको पक्षमा नीतिगत सुधारका लागि राज्यलाई आवश्यक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा इक्यानका विभिन्न केन्द्रीय पदाधिकारीहरू, विभिन्न जिल्लाका प्रतिनिधि तथा सल्लाहकारहरूले बोल्दै संस्थालाई सधैँ चलायमान बनाएर सदस्यहरूको पेशागत हितमा काम गर्न सुझाव दिएका थिए ।
इक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देव कुंवरले स्थापना कालदेखि वर्तमान अवस्थासम्म आइपुग्दा प्राप्त अनुभवहरू बारे चर्चा गर्दै थप संगठित भएर अघि बढ्न जोड दिए । इक्यान रुपन्देहीका वर्तमान अध्यक्ष गिरीराज पाण्डेले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा रातोपाटी अनलाइन म्यानेजिङ डाइरेक्टर अर्जुन पन्त सहित विभिन्न सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण