ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै
सोमबार, २२ मङ्सिर २०८२, १० : ०२
सारांश
- नेकपा एमालेको ईश्वर पोखरेल समूहले पत्रकार सम्मेलन गर्दैछ।
- एमाले महाधिवेशनमा ओली र पोखरेल समूहबीच प्रतिस्पर्धा हुने भएपछि पत्रकार सम्मेलन आयोजना गरिएको हो।
- कार्यक्रममा सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुनेछन्।
काठमाडौँ । नेकपा एमालेको ईश्वर पोखरेल समूहले पत्रकार सम्मेलन गर्ने भएको छ ।
एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको प्रतिस्पर्धा हुने भएपछि पोखरेल समूहले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो समूहका कुरा राख्न लागेको हो ।
बागबजारको हार्दिक होटलमा बिहान ११ बजे पत्रकारहरूसँग भेटघाट भनेर बोलाइएको कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुने बताइएको छ ।
यसअघि एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा ओली निकटका एमाले पदाधिकारीहरूलाई बोलाएर ओलीको पक्षमा खुल्न लगाएको थियो । पोखरेललाई पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूहले समेत साथ रहेको बताइन्छ ।
नेतृत्व चयनका लागि नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण