‘सञ्जु’ मा मनिषाको भूमिकाबारे संजय दत्तकी बहिनीले यसो भनिन्
सञ्जु फिल्मले आजकाल बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । फिल्मलाई प्रशंसक र फिल्मी जगतका हस्तीले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । फिल्मका हरेक पात्रको कामको प्रशंसा गरिएको छ । तर संजय दत्तकी बहिनी नम्रता दत्त भने फिल्मका दुई पात्रसँग खुसी छैनन् ।
स्पटब्वाईलाई दिएको अन्तर्वार्तामा नम्रताले सञ्जु हेरेपछि संजय दत्तको रिल र रियल लाइफ दुबैसँग जोडिएका विभिन्न राज खोलिन् । नम्रताले भनिन्, ‘मैले फिल्म हेरें । फिल्ममा संजयको जीवनका विभिन्न पाटा देखाइएका छन् । यी पाटासँग परिवारको निकै गहिरो सम्बन्ध छ ।’
नम्रताले उनका लागि फिल्मबारे कमेन्ट गर्न सजिलो नभएको बताएपनि रणबीरको कामको भने निकै प्रशंसा गरेकी छिन् ।
नम्रताले भनिन्, ‘फिल्ममा सञ्जुको ड्रग र जेलसँग सम्बन्धित विभिन्न कुराहरु देखाइएका छन् । त्यतिबेला पापा सधैं सञ्जुको साथमा रहे । त्यो समय पापाका लागि निकै मुश्किल समय थियो । एक योद्धाले झैं दुबैले त्यो मुश्किल समयसँग लडे । पापा र सञ्जु दुबै सधैं एक अर्काको सपोर्ट सिस्टम बने ।’
नम्रतालाई सञ्जु फिल्ममा सुनिल दत्तको भूमिका मन परेन । यसबारे उनी भन्छिन्, ‘मेरो पापाको भूमिका कसैले पनि निभाउन सक्दैन । उनी मेरो र परिवारका लागि निकै विशेष छन् ।’
आमा नरगिसको भूमिकामा मनिषा कोइरालालाई देखेपछि नम्रताले भनिन्, ‘निकै गाह्रो छ आमा–बुवाको भूमिका निभाउन । दुबै आइकोनिक रोल हो । तर दर्शकलाई फिल्ममा दुबैको भूमिका मन पर्यो, त्यो नै राम्रो कुरा हो ।’
संजय दत्तका साथीबारे नम्रताले भनिन्, ‘सञ्जुका निकै कम साथी छन् । यस्तोमा फिल्ममा विक्की कौशलको भूमिका एक साथीको होइन विभिन्न साथीहरुको भूमिका मिलाएर बनाइएको हो ।’
संजय दत्तको रियल लाइफमा नम्रताले भनिन्, ‘संजयमा समयसँगै निकै परिवर्तन आएको छ । हामीले निकै नराम्रो समय एकसाथ भोग्यौं । सञ्जु जेल जानु हाम्रो परिवारका लागि सबैभन्दा ठूलो इमोशनल ट्रमा थियो । तर जब संजय स्वतन्त्र भए तब पापा यो दुनियाँमा हुनुहुन्थेन । संजयलाई साधारण र स्वतन्त्र देख्दा उहाँको खुसीमा रहँदैनथ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण