जकार्ताको ड्रोन कम्पनी कार्यालय भवनमा आगलागी, १८ जनाको मृत्यु, थपको खोजी जारी
सारांश
- इन्डोनेसियाको जकार्तास्थित ड्रोन कम्पनीको कार्यालयमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ।
- आगलागी ब्याट्री विस्फोटका कारण भएको र भवनभित्र फसेका १८ जनाको शव फेला परेको छ।
- उद्धारकर्मीहरूले जीवित मानिसहरूलाई उद्धार गरेका छन् र थप पीडितको खोजी जारी छ।
जकार्ता । इन्डोनेसियाको सेन्ट्रल जकार्तास्थित ड्रोन कम्पनी 'टेरा ड्रोन' को कार्यालय भवनमा मङ्गलबार आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एएफपी समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ। हालसम्म ५ पुरुष र १५ जना महिला गरी २० जना पीडितको उद्धार गरिएको छ।
भवनमा लागेको आगो द्रुत गतिमा फैलिएपछि सबै १८ जना पीडितहरू भवनभित्र फसेर मृत फेला परेका थिए। गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा पठाइएको थियो।
सहरका अग्निनियन्त्रक टोलीहरूले विशेष निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाएका छन्। उद्धारकर्मीहरूले आगलागीपछि भवनको माथिल्लो तलामा फसेका जीवित मानिसहरूलाई सिँढीको माध्यमबाट उद्धार गरेका थिए भने आगो नियन्त्रणमा लिन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको थियो।
थप पीडितहरू अझै पनि भवनभित्र रहेको आशङ्का स्थानीय मिडियाले गरेका छन्। अधिकारीहरूले मृतकको सङ्ख्या पुष्टि गर्न तथा आगलागीको कारण पत्ता लगाउन खोज र उद्धार कार्य जारी राखेको जनाएका छन्। आगलागी हुँदा भवनभित्र कति जना थिए भन्ने विवरण अधिकारीहरूले अझै दिएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण