च्याम्पियन्स लिगमा बायर्नको जित
बुधबार, २४ मङ्सिर २०८२, ०१ : ४६
सारांश
- च्याम्पियन्स लिगमा बायर्नले स्पोर्टिङलाई ३-१ ले पराजित गर्यो।
- स्पोर्टिङले अग्रता लिए पनि बायर्नले पुनरागमन गर्दै जित हासिल गर्यो।
- बायर्नका लागि जिनाब्री, कार्ल र ताहले गोल गरे, जसले टोलीको जित सुनिश्चित गर्यो।
काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मन क्लब बायर्नले पोर्चुगल क्लब स्पोर्टिङलाई ३–१ ले पराजित गरेको छ।
स्पोर्टिङले ५४ औँ मिनेटमा बायर्नका जोशुआ किमिखको आत्मघाति गोलमार्फत अग्रता लिए पनि त्यसपछि बायर्नले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गर्न सफल भयो ।
बायर्नका लागि सेर्ज जिनाब्रीले ६५ औँ मिनेटमा बराबरी गोल गरे भने लेनार्ड कार्लले ६९ औँ मिनेटमा दोस्रो गोल थपे । ७७ औँ मिनेटमा जोनाथान ताहले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
यो जितसँगै बायर्नले समूह चरणमा महत्वपूर्ण तीन अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण