राजनीति
ओलीले हलमा नाम प्रस्ताव गरे मात्र सहमति जुट्छ, नत्र सम्भव छैनः ईश्वर पोखरेल
बुधबार, २४ मङ्सिर २०८२, १६ : १६
सारांश
- एमाले उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओलीको चाहेमा मात्र नेतृत्वमा सहमति हुनसक्ने बताए।
- उनले सहमतिका लागि ओलीले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने शर्त राखे।
- पोखरेलका अनुसार ओलीले महाधिवेशनमा औपचारिक रूपमा नेतृत्व तोके सहमति जुट्न सक्छ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११औँ महाधिवेशनमा अध्यक्ष पदका दाबेदार ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाहेमात्र नेतृत्वमा सर्वसम्मत सहमति हुन सक्ने बताएका छन्।
बुधबार राजधानीमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले अहिलेको परिस्थितिमा अन्य कुनै तरिकाले सहमति जुट्ने सम्भावना आफूले नदेखेको स्पष्ट पारे। उनले सहमतिका लागि अध्यक्ष ओली ‘अभिभावकीय भूमिका’ मा बस्नुपर्ने शर्त अघि सारे ।
'सहमति हुनसक्छ, तर अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिकामा बस्ने र उहाँले महाधिवेशन हलमा औपचारिक ढंगले अबको नेतृत्व फलानो हो भन्नुभयो भने सहमति हुनसक्छ,' पोखरेलले भने, 'त्यस्तो अवस्थामा मात्र सहमति हुन्छ, नत्र अरु हिसाबमा सहमति हुन्छ जस्तो मलाई लाग्दैन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण