एमालेको जनजाति महासंघमा महाधिवेशन प्रतिनिधि विवाद अझै मिलेन
सारांश
- एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघबाट प्रतिनिधि छनोट बदरको मागसहित उजुरी परेको छ।
- महासंघका महासचिव पेम्वा गुरुङ भोटेसहितका नेताहरूले विधि र प्रक्रिया विपरीत प्रतिनिधि छनोट भएको आरोप लगाएका छन्।
- प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा एमाले पार्टी कार्यालयमा हात हालाहालको स्थिति आएको थियो।
काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघबाट मापदण्डविपरीत ११ औँ महाधिवेशनका प्रतिनिधि छनोट बदरको मागसहित उजुरी परेको छ । महासंघका महासचिव पेम्वा गुरुङ भोटेसहितका ३१ जना नेताहरूले संगठन विभागमा विधि र प्रक्रिया विपरीत गरिएको प्रतिनिधि छनोट बदर गरी विधिसम्मत प्रतिनिधि छनोट गर्न उजुरी दिएका हुन् ।
महासंघका तर्फबाट सात जना प्रतिनिधि छनोट भैसकेका छन् । मंसिर १६ गते एमाले संगठन विभागमा उजुरी परेपनि उक्त उजुरीबारे विभागले कुनै चासो नदेखाएको असन्तुष्ट पक्षको आरोप छ ।
‘...महासंघलाई तोकिएको ७ जना प्रतिनिधि छनोट प्रक्रियामा हाम्रो पार्टीको विधान, मापदण्ड, तथा अपानि १३ मा उल्लेख भएअनुसारका प्रक्रिया र मापदण्ड विपरीत महासंघको अन्तिम निर्णय गर्ने निकाय केन्द्रीय कमिटी बैठक विगत डेढ वर्षदेखि बस्न नसकेको अवस्थामा महासंघको पदाधिकारी बैठकमात्र बसेको र उक्त बैठकमा प्रतिनिधिको विषयमा छलफल चलिरहँदा अध्यक्ष पासाङ शेर्पा र इन्चार्ज थममाया थापा मगरले जबरजस्ती बैठक नराखी प्रतिनिधिको सुची विभागमा पठाइएकाले बदर गर्न माग गर्दछौ’, उजुरीमा भनिएको छ ।
प्रतिनिधि छनोटकै विषयमा मंसिर १९ गते एमाले पार्टी कार्यालय च्यासलमा दुई पक्षबिच विवाद हुँदा झन्डै हात हालालहको स्थिति आएको थियो ।
यसअघि पासाङ पक्षले देवराज राई,विजय लोप्चन, प्रेम श्रेष्ठ, नाम्गेल शेर्पा, हिरु रानामगर, चित्रा श्रीषमगर र रोशनी मेचेलाई सिफारिस गरेको थियो । त्यही नाम संगठन विभागले स्वीकृत गरेको थियो । जबकि नाम्गेल शेर्पा, चित्रा र रोशनी प्रतिनिधि बन्न तोकिएको मापदण्ड नै नपुग्ने असन्तुष्ट पक्षको भनाइ छ । महासंघका महासचिव पेम्वाले एकपक्षीय ढंगले शीर्ष नेताका पकेटका मानिसलाई प्रतिनिधि बनाएको भन्दै एमालेभित्र विधि र प्रक्रियाको खिल्ली उडाइएको बताए ।
‘प्रतिनिधि छनोट एकपक्षीय भयो, नेताका आफन्तलाई प्रतिनिधि बनाइयो,यसको हामी विरोध गर्छौ’, महासचिव भोटेले रातोपाटीसँग भने । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले इन्चार्ज र अध्यक्षले गरेको सिफारिसका आधारमा जनजाति महासंघका प्रतिनिधि स्वीकृत गरिएको बताए ।
एमालेको ११औँ महाधिवेशन दुई दिनपछि सुरु हुँदैछ । उक्त महाधिवेशनमा झन्डै २२ सय प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्दैछन् । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण