रास्वपा र उनेपाबिचको एकता किन भाँडियो ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीचको एकता वार्ता असफल भयो, दुवै पक्षले एकअर्कालाई आरोप लगाए।
- रास्वपाका अनुसार उनेपाले पार्टी कब्जा गर्न खोजेको आरोप छ, जबकि उनेपाले रास्वपाले सर्तमाथि सर्त राखेको आरोप लगाए।
- एकता सम्भावना टरेपछि, रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समूहसँगको छलफललाई अघि बढाउने संकेत गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा) बिचको एकता भाँडिएको छ । जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी सघन छलफलमा थिए । एकता वार्ता असफल भएपछि दुवै पार्टीका नेताहरूले एक अर्कालाई आरोप लगाएका छन् । रास्वपाबाट संवाद समितिका सहसंयोजक रहेका शिशिर खनालले उनेपाले पार्टी नै कब्जा गर्नेगरी सर्त राखेपछि एकता सम्भव नभएको जिकिर गरेका छन् ।
‘पार्टीको मुख्य नेता वरिष्ठ वा उपसभापति, महामन्त्री, सहमहामन्त्री सहित ५० प्रतिशत हिस्सा मागेपछि सहमत हुन सकिएन । पार्टी नै कब्जा गर्न खोजिएको जस्तो देखिएपछि हामीले अस्वीकार गरेको हो । पार्टी एकताको सम्भावना सकिए पनि चुनावी तालमेलको सम्भावना कायमै छ’, रातोपाटीसँग खनालले भने ।
उनेपासँग पार्टी एकताको सम्भावना सकिए पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह समूहसँग छलफल सकारात्मक भइरहेको उनले जानकारी दिए । बालेनको बुवाको निधन भएकाले छलफल स्थगित भएपनि एक हप्ता पछि फेरि छलफल सुरु हुने खनालले जानकारी दिए । बालेन समूहबाट कुमार बेनले छलफल गरिरहेका छन् ।
तर उनेपाका नेताहरूले पार्टी एकताका लागि हदैसम्मको लचिलो हुँदा समेत रास्वपाले सर्तमाथि सर्त राखेकाले एकताको ढोका बन्द भएको जिकिर गरेका छन् । निर्वाचन आयोगले पार्टी एकताका लागि दिएको समय सिमाभित्र एकता हुन नसकेपछि अब एकताको च्याप्टर क्लोज भएको प्रवक्ता डा. राजु थापाले बताए ।
‘निर्वाचन आयोगले दिएको समय सिमाभित्र एकता गर्ने भनिएको थियो । एकताका लागि हामी बढी लचक भयौँ । तर उहाँहरूले सर्तमाथि सर्त राख्नुभयो । अब एकताको च्याप्टर नै बन्द भइसक्यो’, उनले भने, ‘हाम्रो ध्यान संगठन निर्माणतिर गएको छ । बिचमा चुनावी तालमेलको सम्भावना कायमै रहेकाले विगत कोट्याएर काम छैन । त्यसबारे समीक्षा गर्नुको कुनै अर्थ छैन ।’
उनेपाका वार्ता टोली संयोजक डा. तारा जोशीले रास्वपासँग तत्काल एकताको सम्भावना टरेपनि सहकार्यको ढोका बन्द नभएको जिकिर गरे । ‘हामीले एकताको विभिन्न मोडालिटीबारे छलफल गर्यौँ । तर पछिल्लो एक हप्ता हाम्रो संवाद भएको छैन । तत्काल एकता नहुने भएपछि हामी संगठन निर्माणका लागि जिल्ला जिल्ला आएका छौँ’, उनले भने ।
उनेपाका अर्का एक नेताका अनुसार रास्वपा र विवेकशील साझा पार्टीबिच एकताका कारण समस्या आएको बताए । विवेकशील साझा रास्वपा र उनेपा दुवै पार्टीसँग निरन्तर छलफल थियो । तर रास्वपाले उनेपालाई कमजोर आँकेर मिडिया ट्रायल गर्न थालेपछि आफूहरू बिच्किएको ती नेताले जिकिर गरे ।
ती नेताले भने–‘हामीले रास्वपा पार्टी र चुनाव चिन्हमा सहमत गरेर पार्टी एकता गर्न सहमत भएका थियौँ । उज्यालो नेपालमा ५१ जना केन्द्रीय सदस्य छन् । सबै जनालाई केन्द्रीय सदस्य बनाउन रास्वपा सहमत भएको थियो । पछि केहीलाई मात्र केन्द्रीय सदस्य बनाउन सकिने भन्ने आयो । कार्यकारी पनि नदिने भनिएपछि एकता सम्भव भएन । तर उहाँहरूले मिडिया ट्रायल गरेर केही उज्यालो नेपाल केही होइन जस्तो गर्नुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण