विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर
सारांश
- भिजिट भिसा प्रकरणमा विमानस्थलका पूर्व प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
- अख्तियारले ७ जनालाई प्रतिवादी बनाएको छ, जसमा बिगो रकम ७९ लाख ८० हजारदेखि १० लाख ६० हजारसम्म कायम गरिएको छ।
- भिजिट भिसामा विदेश पठाउन घुस लिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो, साथै सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई ७९ लाख ८० हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएको छ ।
भट्टराईको हकमा ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरिएको छ । अध्यागमन अधिकृत यज्ञराज अर्यालको हकमा ८ लाख रुपैयाँ, ग्रिनलाइन होलिडे प्रालिका सञ्चालक बालकृष्ण खड्काको हकमा ३० लाख २० हजार रुपैयाँ, फेमेली होलिडे ट्राभन्लस एण्ड टूरको हकमा दीपक भण्डारीको १० लाख ६० हजार रुपैयाँ, ग्रिनलाइन होलिडेका अर्को सञ्चालक राम खड्काको हकमा ३० लाख २० हजार, सिआइएस बानेश्वरकी कविता पौडेलको हकमा ७९ लाख ८० हजार र खेमप्रसाद सुवेदीको हकमा ७९ लाख ८० रुपैयाँ बिगो कायम भएको छ ।
सर्वोच्चका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार भिजिट भिसामा २५७ जनालाई विदेश पठाउने भनेर सेटिङमा घुस रिसवत लिएको आरोप पत्रमा उल्लेख छ । साथै तीन जनाको हकमा सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ ।
शुद्धीकरणतर्फ सहसचिव भट्टराई, कविता पौडेल र खेमराज सुवेदीविरुद्ध मुद्दा छ । यसमा तीन जनामाथि एक करोड ३ लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण