वामपन्थीहरूबिच एकताको विकल्प छैन : देव गुरुङ
सारांश
- नेकपा नेता देव गुरुङले वामपन्थी एकताको विकल्प नभएको बताए ।
- उनले नेकपाले कम्युनिस्ट एकता प्रक्रिया सुरु गरेको जानकारी दिए ।
- गुरुङले मुलुकको राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले वामपन्थीहरूबिच एकताको विकल्प नभएको बताएका छन् । नेकपा एमालेको महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेता गुरुङले यस्तो बताएका हुन् ।
‘विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकता नगरी लोकतन्त्र रक्षा गर्न कठिन छ’, गुरुङको भनाइ छ । साथै उनले नेकपाले कम्युनिस्टहरू एकता प्रक्रिया सुरु गरेको बताए । ‘यतिखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र गम्भीर सङ्कटमा छ, संविधान कोमामा छ । मुलुकको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछि सबैभन्दा सङ्कटमा छ’, गुरुङले भने, ‘यो सङ्कट सम्बोधन गर्ने अग्रगामी शक्ति कम्युनिस्ट पार्टी मात्र हुनसक्छ ।’
कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको पनि बताए । ‘सङ्कटको समाधान गर्न सक्षम र सही अर्थमा राष्ट्रवादी हुन सक्छन् । विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकता नगरी लोकतन्त्र रक्षा गर्न कठिन छ’, गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण