सर्लाहीबाट लोसपाका अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
सारांश
- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरिएको छ ।
- सर्लाही जिल्ला समितिको बैठकले फागुन २१ मा हुने चुनावका लागि ठाकुरको नाम सिफारिस गरेको हो ।
- अध्यक्ष ठाकुर यसअघि सर्लाहीबाट चुनाव हारेका थिए भने २०७९ को चुनावमा महोत्तरी-३ बाट जितेका थिए ।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस भएको छ ।
शनिबार बसेको सर्लाही जिल्ला समितिको बैठकले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभा चुनावको लागि अध्यक्ष ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि केन्द्रमा सिफारिस गरिएको सर्लाही जिल्ला सचिव मिथलेश यादवले बताए ।
अध्यक्ष ठाकुर यसअघि सर्लाहीबाट दुई पटक चुनाव हारेका थिए । २०७९ को चुनावमा महोत्तरी–३ बाट चुनाव जितेका थिए ।
त्यस्तै सर्लाही–१ बाट लोसपा नेपालका उपाध्यक्ष रामप्रकाश चौधरी र सर्लाही–४ बाट महासचिव मनिष मिश्र र ३ बाट सचिव रामेश्वर रायको एकल नाम केन्द्रमा सिफारिस भएको छ । सर्लाही–२ बाट भिनुकलाल राय, रञ्जितकुमार ठाकुर, वीरवंश बैठाको नाम सिफारिस भएको छ ।
समानुपातिकमा महन्थ ठाकुरका साथै अञ्जुदेवी बैठा, मिनादेवी महतो, सरिता देवी साह, सुनिताकुमारी देवी, कामरेन्द्र वर्मा, रेखाकुमार साहको नाम पनि सिफारिस गरेको सचिव मिथलेश यादवले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण