विद्युत् प्राधिकरणको कर्मचारी एमालेको महाधिवेशन प्रतिनिधि
सारांश
- बुटवलकी एक विद्युत प्राधिकरणकी कर्मचारी एमालेको महाधिवेशन प्रतिनिधि बनेर काठमाडौं पुगेकी छिन्।
- कर्मचारी सेवा-शर्त र नियम विपरीत पार्टीको प्रतिनिधि बनेको आरोप लागेपछि प्राधिकरणले स्पष्टीकरण सोध्ने भएको छ।
- विद्युत प्राधिकरणका कर्मचारीले राजनीतिक दलको सदस्यता लिन नपाउने नियम रहेको छ।
बुटवल । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रुपन्देहीबाट एमालेको महाअधिवेशन प्रतिनिधि भएको खुलेको छ । प्राधिकरणको क्षेत्रीय वितरण केन्द्र, बुटवल कालिकानगरकी कर्मचारी वरिष्ठ सहायक सिनियर मिटर रिडर कल्पना थापा कर्मचारी सेवा–सर्त, नियम विपरीत पार्टीको प्रतिनिधि बनेर काठमाडौँ पुगेकी छन् ।
महाधिवेशनको उदघाटन समारोहमा थापा पुगेको तस्बिर सामाजिक सञ्जालमा आएपछि विभिन्न टिप्पणी भइरहेको छ । प्राधिकरणको वितरण केन्द्रका प्रमुख हरि पाण्डेले थापा महाधिवेशन प्रतिनिधि बनेर पार्टीको कार्यक्रमका पुगेको आफूले थाहा पाएको बताए । उनले भने, ‘कुनै पनि कर्मचारी दलको सक्रिय सदस्य हुन पाइँदैन । यसबारे हामी उहाँलाई स्पष्टीकरण सोध्छौँ ।’
थापा ३ दिनको बिदा लिएर काठमाडौँ पुगेकी छन् । विनियमावलीको परिच्छेद १३ को नियम १३० मा कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिन नहुने, राजनीतिक दलहरूले सञ्चालन गरेको राजनैतिक क्रियाकलापमा सहभागी बन्न नहुने र निर्वाचनमा भाग लिन नहुने उल्लेख छ ।
यस्तै कर्मचारीले कुनै पनि राजनैतिक पदको लागि हुने निर्वाचनमा भाग लिन र कसैको निमित्त मत माग्न वा कुनै प्रकारबाट प्रभाव पर्ने गरी राजनीतिक प्रचार प्रसार गर्नु गराउन नपाइने उल्लेख छ ।
थापा नेकपा एमाले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धा गरेर महिलातर्फ निर्वाचित भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण