पुस पहिलो साता दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता हुने
सारांश
- कास्की जिल्ला गल्फ संघले पुस ४ र ५ गते दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्दैछ।
- प्रतियोगितामा ७० गल्फरले प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरुष, महिला र सिनियर खेलाडीहरू सहभागी हुनेछन्।
- विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ र प्रतियोगिताको अनुमानित खर्च ८ लाख रुपैयाँ रहेको छ।
पोखरा । कास्की जिल्ला गल्फ संघको आयोजनामा आगामी पुस ४ र ५ गते दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता हुने छ ।
पोखरा १४ मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा हुने प्रतियोगितामा पोखरा, काठमाडौँ, धरान, महोत्तरी, युके तथा सिंगापुरबाट गरी ७० गल्फरले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा छ । पुरुष टिम इभेन्ट, महिला खुल्ला, सिनियर विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । क्लोजेष्ट टु दि पीन, लङ्गेष्ट ड्राइभ र सर्वाधिक बर्डी हिर्काउने गल्फरलाई समेत नगद पुरस्कार प्रदान गरिने कास्की जिल्ला गल्फ संघले जनाएको छ । नेट तथा ग्रस तर्फको विजेताले पनि नगद पुरस्कार प्राप्त गर्ने छन् ।
संघका अध्यक्ष जीवाराम गुरुङ्गका अनुसार स्ट्रोक प्ले, स्टेबल फोर्ड ३/४ ह्याण्डीक्यापमा खेलाईने प्रतिस्पर्धामा पुरुष टिम विजेताले नगद ५० हजार, उपविजेताले ३० र तेस्रो हुने टोलीले नगद २० हजार नगद पुरस्कार प्रदान गरिने छ । महिला तर्फ विजेताले १० र ५ हजार पुरस्कार पाउने छन् । सिनियरले १० हजार पुरस्कार पाउने छन् ।
नेट तर्फको विजेताले १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो ५ हजार नगद पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । यसैगरी ग्रस तर्फको विजेताले नगद १५ हजार र उपविजेताले १० हजार प्राप्त गर्ने छन् । सर्वाधिक बर्डी, लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु दि पीनले समान ५ हजार नगद पुरस्कर प्राप्त गर्ने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । संघले ८ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ । बचत रकम पोखरा रंगशालाभित्र निर्माणाधिन गल्फ एकेडेमी निर्माणमा खर्च गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण