विभागले सार्वजनिक गर्यो ६३८ वटा सवारी लाइसेन्सकाे विवरण
आइतबार, २८ मङ्सिर २०८२, १६ : ४६
सारांश
- यातायात व्यवस्था विभागले ६३८ वटा सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको छ।
- विभागले फेसबुक पेजमार्फत लाइसेन्स विवरण सार्वजनिक गरेको छ।
- जेनजी आन्दोलनका कारण लाइसेन्स छपाइ प्रभावित भएको थियो।
काठमाडौँ । यातायात व्यवस्था विभागले वितरणका लागि तयार भएका ६३८ वटा सवारी लाइसेन्सकाे विवरण सार्वजनिक गरेको छ । आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सकाे विवरण सार्वजनिक गरेको हो ।
तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गर्दै आएको विभागले जनाएको छ ।
गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेर एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनी पठाइने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली अवरुद्ध भएको थियो । सो प्रणाली अवरुद्ध भएपछि विभागले फेसबुकमार्फत नयाँ सवारी लाइसेन्स सार्वजनिक गरेको हो ।
लाइसेन्स विवरण :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण