एमाले महाधिवेशन
एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन
सोमबार, २९ मङ्सिर २०८२, १३ : ४९
सारांश
- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ।
- केन्द्रीय निर्वाचन आयोगले एक सूचना प्रकाशित गर्दै यस बारे जानकारी दिएको हो।
- निर्वाचन कार्यक्रम पार्टीको विधान र निर्वाचन नियमावली अनुसार संशोधन गरिएको छ।
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।
संशोधित तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप गरिएको छ ।
सूचनामा भनिएको छ, ‘महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनको लागि पार्टीको विधान, निर्वाचन नियमावली समेतको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयानुसार यसअघि प्रकाशित सूचनामा निम्नबमोजिम संशोधन हुने भएकोले तपसिल बमोजिमको संशोधित निर्वाचन कार्यक्रम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण