लेखराज भट्टलाई उपमहासचिवको उम्मेदवार बनाउन ओली सहमत
सारांश
- केपी शर्मा ओलीले लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने निर्णय गरे।
- भट्टले सचिवमा असन्तुष्टि जनाएपछि ओलीले सूची सच्याएका हुन्।
- ओली प्यानलबाट उपमहासचिवमा भट्टसहित रघुवीर महासेठ र विष्णु रिमालको उम्मेदवारी रहनेछ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउन तयार भएका छन् ।
सोमबार बिहान ओली निवास गुण्डुमा बसेको ओली पक्षको बैठकले पूर्वमाओवादी पृष्ठभूमिका भट्टलाई सचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, उनले सचिवमा आफू नलड्ने भन्दै असन्तुष्टि जनाएपछि ओली सूची सच्याउँदै उपमहासचिव पदको उम्मेदवार बनाउन राजी भएका हुन् ।
भट्टले आफूलाई ओली प्यानलबाट उपमहासचिवको उम्मेदवार बनाइएको पुष्टि गरे । सोहीअनुसार आफूले उपमहासचिवमा उम्मेदवारी दिने उनको भनाइ छ ।
उनलाई उपमहासचिवको उम्मेदवार बनाइने भएसँगै भानुभक्त ढकाल सचिवको उम्मेदवार हुने भएका छन् । अब ओली प्यानलबाट उपमहासचिवमा भट्टसहित रघुवीर महासेठ र विष्णु रिमालको उम्मेदवारी रहनेछ । एमालेको महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयन गर्न मंगलबार मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण