बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

एमाले अध्यक्षमा ओली र पोखरेलको भिडन्त

सोमबार, २९ मङ्सिर २०८२, २२ : ००
सोमबार, २९ मङ्सिर २०८२

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका हुन् । दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले विधान संशोधन गराएर दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहदलाई खारेज गराएका थिए ।

पोखरेल भने १०औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पदमा रहँदै आएका छन् । उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप