रास्वपाले सार्वजनिक गर्यो समानुपातिक उम्मेदवार छनोटको तालिका
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटको समयतालिका सार्वजनिक गरेको छ।
- उम्मेदवार छनोट प्रक्रिया पुस ३ गतेदेखि सुरु भई १४ गते अन्तिम नतिजा प्रकाशन हुनेछ।
- रास्वपाले उम्मेदवार छनोटमा वैज्ञानिक विधि अपनाउन 'लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी' मापन गर्नेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रियाको विस्तृत समयतालिका (टाइमलाइन) सार्वजनिक गरेको छ। पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास स्वरूप उम्मेदवार छनोटका लागि पुस ३ गतेदेखि १४ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको तालिका अनुसार प्रक्रियाको सुरुवात पुस ३ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशनबाट हुनेछ। पुस ३ गते प्रारम्भिक नामावली सार्वजनिक भएपछि सोही दिन र पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको छ। प्राप्त दाबी विरोध उपर छानबिन गरी पुस ५ गते उम्मेदवारहरूसँग छलफल गरिने र त्यसलगत्तै अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ।
रास्वपाले उम्मेदवार छनोटमा वैज्ञानिक विधि अपनाउन पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन गर्ने भएको छ। यस अवधिमा उम्मेदवारहरूको नेतृत्व क्षमता र राजनीतिक ज्ञानको परीक्षण गरिने बुझिएको छ।
क्षमता परीक्षण पश्चात पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन हुनेछ। मतदान कार्यक्रम दुवै दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने तालिकामा उल्लेख छ।
सम्पूर्ण प्रक्रिया पूरा भएपछि पुस १४ गते अन्तिम नतिजा प्रकाशन गरिने रास्वपाले जनाएको छ। रास्वपाले उम्मेदवार छनोटमा पारदर्शी विधि अपनाउन यो ‘टाइमलाइन ’ सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण