मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पाठक नियुक्त

मङ्गलबार, ०१ पुस २०८२, १० : २७
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • नेपाल क्रिकेट संघले भारतीय प्रशिक्षक हर्षल जयन्त पाठकलाई नेपाली महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।
  • पाठक यसअघि थाइल्याण्ड महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक थिए।
  • नेपाली महिला टिम आईसीसी महिला टी-२० ग्लोबल क्वालिफायरको तयारीमा छ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्षल जयन्त पाठकलाई चयन गरेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, पाठक यसअघि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकका रूपमा कार्यरत थिए।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम हाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार यही जनवरी १२ देखि फेब्रुअरी १, २०२६ सम्म काठमाडौँमा सञ्चालन गर्न लागिएको आईसीसी महिला टी-२० ग्लोबल क्वालिफायरको तयारी क्याम्पमा रहेको क्यानले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप