भारत–दक्षिण अफ्रिकाबिचको खेल रद्द
बुधबार, ०२ पुस २०८२, २२ : ४०
सारांश
- लखनऊमा भारत र दक्षिण अफ्रिकाबिचको चौथो टी-२० क्रिकेट खेल कुहिरोका कारण रद्द भयो।
- अम्पायरले मैदान जाँच गरे पनि कुहिरो नहटेपछि खेल रद्द गर्ने निर्णय गरियो।
- भारत २-१ ले अघि रहेको टी-२० शृङ्खलाको अन्तिम खेल १९ डिसेम्बरमा अहमदाबादमा हुनेछ।
काठमाडाैँ। भारत र दक्षिण अफ्रिकाबिच लखनऊमा हुने भनिएको चौथो टी-ट्वान्टी २० क्रिकेट खेल कुहिरोको कारण रद्द गरिएको छ।
अम्पायरहरूले पटक-पटक मैदानको अवस्था जाँच गरे पनि कुहिरो नहटेपछि टससमेत हुन सकेन । करिब छ पटक निरीक्षण गरेपछि अन्ततः खेल रद्द गर्ने निर्णय गरिएको हो ।
टी-ट्वान्टी खेलको शृङ्खलामा भारत हाल २-१ ले अघि रहेको छ । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल शुक्रबार, १९ डिसेम्बरमा अहमदाबादमा हुनेछ ।
अन्तिम खेलमा दक्षिण अफ्रिकाले शृङ्खला बराबरी गर्ने मौका पाउनेछ भने भारतले जित हात पारेर शृङ्खला ३-१ ले आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण