भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ७ लाख रुपैयाँ सङ्कलन
सारांश
- सरकारले भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कोष स्थापना गरेको छ, जसमा हालसम्म १२ करोड ७ लाख रुपैयाँ जम्मा भएको छ।
- ओरिएण्टल इन्स्योरेन्स कम्पनीले कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ, जसले गर्दा कुल रकम २ करोड ७ लाख पुगेको छ।
- कम्पनीका अध्यक्षले अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरे, र अर्थमन्त्रीले सहयोगका लागि धन्यवाद दिए।
काठमाडौँ । सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले बनाएकाे भाैतिक पूर्वाधार पुनर्निमाण काेषमा बुधबारसम्म १२ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको छ । गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वैच्छिक रूपमा सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यका लागि स्थापना भएको गरिएको कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।
बिहीबार पनि दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले कोषमा बिस लाख रुपैयाँ जम्मा गरेको छ । २० लाख जम्मा गरेसँगै कोषमा २ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बिस लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जय जोशीले बिस लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । अर्थमन्त्री रामेश्वर खनालले कम्पनीको योगदानका लागि धन्यवाद ज्ञापन समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण