एमाले पदाधिकारीमा पूर्वमाओवादीका थापा र भट्ट विजयी
बिहीबार, ०३ पुस २०८२, १३ : ५८
सारांश
- एमालेको ११औँ महाधिवेशनमा पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा र लेखराज भट्ट विजयी भए।
- भृकुटीमण्डपमा भएको मतगणनामा थापा उपाध्यक्षमा १५१६ मत र भट्ट उपमहासचिवमा १४५२ मत ल्याएर विजयी भए।
- थापा र भट्टले २०७७ सालमा केपी ओलीलाई साथ दिएका थिए, र उनीहरु दुवै पूर्वमाओवादीका वरिष्ठ नेता हुन्।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा र लेखराज भट्ट विजयी भएका छन् ।
भृकुटीमण्डपमा बिहीबार सम्पन्न मतगणनामा उपाध्यक्षका उम्मेदवार थापा १५१६ मत ल्याएर विजयी भएका थिए । उपमहासचिवका उम्मेदवार भट्ट पनि १४५२ मत ल्याएर विजयी भएका छन् । तीन जना उपमहासचिवमध्ये भट्टले पाएको मत सर्वाधिक हो ।
थापा र भट्टले २०७७ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजित हुँदा अध्यक्ष केपी ओलीलाई साथ दिएका थिए ।
थापा र भट्ट पूर्वमाओवादीका वरिष्ठ नेता हुन् । २०७८ साल मंसिरमा चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा थापा उपाध्यक्षमै विजयी भएका थिए । भट्ट सचिवमा विजयी भएका थिए । सचिवमा विजयी भएका अर्का नेता टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण